बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद विस्तार, को को बने मन्त्री?

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद विस्तार, को को बने मन्त्री?

  • बिहिबार, जेष्ठ २७, २०७८
प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद विस्तार, को को बने मन्त्री?

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन्।

मन्त्रिपरिषद विस्तार गर्दै उनले गृहमा खगराज अधिकारी, संचारमा नैनकला थापालाई नियुक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले रक्षामन्त्रालय आफैंसँग राखेका छन्।

त्यस्तै, वन तथा वातावरणमन्त्रीमा नारदमुनि राना, कृषिमन्त्रीमा ज्वालाकुमारी साह, उद्योगमन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासनमन्त्रीमा गणेश पहाडी नियुक्त भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै, प्रधानमन्त्री कार्यालय रहने गरी मोहन बाँनिया र वन राज्यमन्त्रीमा आशा विक रहेकी छिन्।

विस्तारित मन्त्रिपरिषद्को पूर्ण सूची

oli cabinate

चर्चामा

सम्बन्धित समाचार