शुक्रबार, असार ४, २०७८
  • होमपेज
  • विचित्र संसार
  • एक महिलाले जन्माइन् एकसाथ १० बच्चा

एक महिलाले जन्माइन् एकसाथ १० बच्चा

  • बुधबार, जेष्ठ २६, २०७८
एक महिलाले जन्माइन् एकसाथ १० बच्चा

एक महिलाले एकसाथ १० बच्चालाई जन्म दिएर विश्व किर्तिमान कायम गरेकी छिन्।

एक महिनाअघि मोरक्कोको मालीमा एक महिलाले ९ वटा बच्चाको जन्म दिएकी थिइन्। त्यो रेर्कडलाई साउथ अफ्रिकाकी गोसियामी धमारा सिटहोल नामकी महिलाले तोडेकी छन्।

ती ३७ वर्षीया महिलाले ७ जुनमा १० बच्चालाई जन्म दिएकी थिइन्। गर्भवती भएका बेला डाक्टरले ६ वटा बच्चा जन्मिन सकिने बताएका थिए। उनका पतिले भने ८ वटा बच्चा जन्मिन सक्ने अनुमान गरेका थिए।

दस वटा बच्चा जन्मिएपछि उक्त दम्पती खुसी भएको बताइएको छ। ती महिलाले शल्यक्रियाको माध्यमबाट बच्चाको जन्म दिएकी थिइन्।

चर्चामा

सम्बन्धित समाचार