शुक्रबार, असार ४, २०७८
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारतको कानपुरमा सवारी दुर्घटना, कम्तिमा १७ जनाको मृत्यु

भारतको कानपुरमा सवारी दुर्घटना, कम्तिमा १७ जनाको मृत्यु

  • बुधबार, जेष्ठ २६, २०७८
भारतको कानपुरमा सवारी दुर्घटना, कम्तिमा १७ जनाको मृत्यु

एजेन्सी — भारतको उत्तर प्रदेशस्थित कानपुरमा मंगलबार राती भएको सवारी दुर्घटनामा परेर १७ जनाको मृत्यु भएको छ । कानपुरस्थित कानपुर-इटावा राजमार्गमा तिव्र गतिमा कुदिरहेको बसले टेम्पुलाई ठक्कर दिँदा कम्तिमा १७ जनाको मृत्यु भएको हो ।

तिव्र गतिको बसले ठक्कर दिएको टेम्पु सडक किनारमा खसेको छ भने बस सडकमै पल्टिएको छ । दुर्घटनामा डेढ दर्जनभन्दा बढी घाइते भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार