शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराकाे बडिमालिका ७ मा जंगली बदेलले लाखाैकाे आलु बाली नष्ट

बाजुराकाे बडिमालिका ७ मा जंगली बदेलले लाखाैकाे आलु बाली नष्ट

  • सोमवार, जेष्ठ २४, २०७८
बाजुराकाे बडिमालिका ७ मा जंगली बदेलले लाखाैकाे आलु बाली नष्ट

बाजुरा — बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा न ७ का बिभिन्न ठाउँमा बदेलले किसानको बाली सखाप पारेको छ । जिल्लाको बडिमालिका नगरपालिका वडा न ७ स्थित खिरिडा, बोकेझुल, रिसिमाण्डौ, बिणा, दुदुली, ढम्कने, खम्म भुजाेन्ताेला  लगायतका ठाउँमा जंगली बँदेलले आलु बाली सखाप पारेको हो ।
बर्षे बालीको रुपमा किसानले लगाएको अलु खेती बदेलले नष्ट गरेपछि स्थानीय किसान आतंकित र चिन्तित बनेको स्थानीय धनकृष्ण पाध्यायले बताए । धेरैजसो रातको समयमा बदेल आएर किसानको खेतीपातीमा क्षति पुराएपछि कृषकहरु पीडित भएका छन बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए ।

No description available.
जंगल नजिकै खेतबारी रहेको खिरिडामा एक किशानले आधुनीक बिधी बाट लगाएको आलु खेती करिव ९० हजार बराबरको क्षेती गरीदिएको वडा अध्यक्ष पाध्यायले बताए । त्यहाँका किशानहरुले यस पटक मात्र नभई सधैका बर्षहरुमा किशानले लगाएको हिउँदे बाली र बर्षेबाली केही ल्याउन नपाउने गरेको वडा अध्यक्ष पाध्यायले बताएका छन । हरेक बर्ष जंगली जनावर पसेर दुख दिएको कृषकहरु बताउँछन । जति दुख गरेपनि बाली भण्डारण पुर्व नै खेतमै जनावरले नष्ट गर्दिएको बडिमालिका ७ दुदुलीका मनिराम पाध्यायले बताए ।
पछिल्लो एक सातादेखि बढेको बँदेल आक्रमणले स्थानीय धर्म पाध्याय ,कृष्ण पाध्याय, देबराज पाध्याय लगायतका सबै गाउँका किसानको आलु बालीमा नोक्सान पुर्याएको उनीहरु बताउछन् । समयमै बँदेल,तथा दुम्सी जस्ता वन्यजन्तुबाट बालीनालीको सुरक्षा तथा क्षतिपूर्तिको ब्यवस्थापन  सरकारबाट हुनुपर्ने स्थानीय  बताउँछन् ।

चर्चामा

सम्बन्धित समाचार