शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • विचित्र संसार
  • केटीको पहिरन लगाएर गर्लफ्रेण्डको बिहे मण्डपमा

केटीको पहिरन लगाएर गर्लफ्रेण्डको बिहे मण्डपमा

  • आइतवार, जेष्ठ २३, २०७८
केटीको पहिरन लगाएर गर्लफ्रेण्डको बिहे मण्डपमा

प्रेममा मान्छे पागल हुन्छ भनिन्छ । भारतको उत्तर प्रदेशमा हालै एउटा यस्तै घटना भएको छ । आफ्नी प्रेमिकाको अर्कै केटासँग बिहे हुन थालेपछि रन्थनिएका एक युवक बेहुली बनेकी प्रेमिकालाई भेट्नका लागि केटीको भेष गरेर बिहे स्थलमा छिरे । तर, विडम्बना उनी पक्राउ परेका छन् ।

उत्तर प्रदेशको भादोही जिल्लास्थित एक गाउँमा यो घटना भएको हो। एकजना युवक बेहुलीको जस्तै पहिरनमा सजिएर आफ्नी गर्लफ्रेण्डको घरमा छिरे । उनकी गर्लफ्रेण्डको अर्कै केटासँग बिहे निधो भएको थियो र बिहेको तयारी पनि चलिरहेको थियो ।

बेहुली पहिरन लगाएका ती युवकले नक्कली कपाल, सिँगारपटार गरेका थिए र काँधमा लेडिज ब्याग भिरेका थिए । साथै उनले महिलाले लगाउने स्याण्डिल लगाएका थिए । उनी गर्लफ्रेण्डको घरभित्र लुसुक्क छिरे र बेहुलीसँग भेटाइदिन अनुरोध गरे । तर उनको जीउडाल तथा हाउभाउ देख्दा बेहुलीका घरका मान्छे सशंकित भए ।

बेहुलीका घरका मानिसले आशंका गरेपछि ती युवकले लामो समयसम्म केटी भएको बहाना गरिरहन सकेनन् । अन्ततः उनको पोल खुल्यो र त्यहाँ उपस्थित मानिसहरुले उनलाई समातिहाले ।

जब उनलाई समातेर उनको घुम्टो तथा नक्कली कपालसमेत हटाइयो तब सबैजना तीनछक परे । उनलाई प्रहरीमा बुझाउनका लागि पुलिसलाई फोन गर्ने तयारी भैरहेको थियो । तर अकस्मात ती युवक त्यहाँबाट भाग्न सफल भए । उनलाई घर बाहिर उनका दुईजना साथीहरुले कुरिहेका रहेछन् । उनै साथीहरुसँग उनी त्यहाँबाट बाइकमा सुइँकुच्चा ठोके ।

ती युवकले बेहुलीका भूपू प्रेमी रहेको बुझिएको छ । तर उनी बिहेको दिन किन बेहुली पहिरनमै उनलाई भेट्न आए भन्नेचाहिँ खुलेको छैन ।

एजेन्सी

चर्चामा

सम्बन्धित समाचार