मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • राजनीति
  • मन्त्री बन्ने पाइपलाइनमा सुदूरपश्चिमका ४ एमाले नेता, भोलि शपथ हुनसक्ने !

मन्त्री बन्ने पाइपलाइनमा सुदूरपश्चिमका ४ एमाले नेता, भोलि शपथ हुनसक्ने !

  • शनिबार, जेष्ठ २२, २०७८
मन्त्री बन्ने पाइपलाइनमा सुदूरपश्चिमका ४ एमाले नेता, भोलि शपथ हुनसक्ने !

प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः मन्त्रिपरिषद् विस्तार गर्न लागेको खबर आइरहेका छन्। उनले आफूसँग रहेका मौज्दात मन्त्रालयमा नेकपा (एमाले) बाटै मन्त्री बनाउने गृहकार्य समेत गर्न थालेका छन्।

आफूसँग थप ७ मन्त्रालय राखेका प्रधानमन्त्री ओलीले सम्भवतः आइतबार साँझसम्म केही मन्त्रीलाई शपथ गराउने तयारी गरेको स्रोतले बताएको छ।

जसअन्तरगत सुदूरपश्चिमबाट ४ जना एमाले नेताको मन्त्री बन्ने सम्भावना रहेको भन्दै एक नेताले  बताएका छन।

सुदूरपश्चिम प्रदेशबाट नेकपा एमाले सुदूरपश्चिम अध्यक्ष कर्ण थापा, कैलालीका नारदमुनी राना, कञ्चनपुरकी निरु पाल र बाजुराका लालबहादुर थापालाई मन्त्रालयको जिम्मेवारी दिनेबारे छलफल भइरहेको उनले बताए।

चर्चामा

सम्बन्धित समाचार