शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • आइडिएस नेपालद्धारा गौमुल गाउँपालिकाको दहकोटमा स्वास्थ्य साम्रगी बितरण

आइडिएस नेपालद्धारा गौमुल गाउँपालिकाको दहकोटमा स्वास्थ्य साम्रगी बितरण

  • शुक्रबार, जेष्ठ २१, २०७८
आइडिएस नेपालद्धारा गौमुल गाउँपालिकाको दहकोटमा स्वास्थ्य साम्रगी बितरण

बाजुरा — आइडिएस नेपालको सहयोगमा गौमुल गाउँपालिको वडा न २ का आमा समुहलाई स्वास्थ्य साम्रगी बितरण गरेको छ । गौमुल गाउँपालिकामा आइडिएस नेपाल र बिश्व खाद्य कार्यक्रमद्धारा मास्क बितरणका साथै हात धुने साबुन तथा हात धुने बिधीका बारेमा सिकाएको छ । सचेत बनौ र सचेत बनाऔं भन्ने अभियानका साथ गौमुल गाउँपालिका वडा न २ दहकोटमा रहेका केही समुदायमा आइडिएस नेपाल र बिश्व खाद्य कार्यक्रमको जनहितमा जारि सन्देश सँगै सचेतना फैलाउने काम भएको पवित्रा बोहाराले बताएकी छन । मास्क बितरण सँगै सामाजिक दुरि कायम गरौ, साबुन पानीले हात धोऔँ मास्कको प्रयोग गरौं, अनाबश्यक रुपमा भिडभाड नगरौ जस्ता सन्देश आइडिस नेपालले बाजुरामा “सचेत बनौ, सचेत बनाऔं ” अभियान चलाइ रहेको आइडिस नेपालका जिल्ला संयोजक प्रेम खनालले वताएका छन ।

No description available.
घर घरमा पुुगेर घर बाहिर ननिस्कौं र घर बाहिर निस्किनै परे मास्क र सेनिटाइजरको अनिवार्य प्रयोग गरौं भन्ने जानकारि गरिरहेको खनालले वताए । बाजुराका ९ वटा स्थानिय तह, सरकारी तथा गैर सरकारी कार्यलय, स्वास्थ्यकर्मी, नागरिक समाजले चेतना फैलाउने काममा लागि परेका र सोही बमोजिम आइडिएस नेपाल र बिश्व खाद्य कार्यक्रमले पनि अभियान संचालन गरेको खनालले बताएका छन् । कोरोना बाट बच्न साबुन पानिले हात धुन सरसफाईमा ध्यान दिन सामाजिक दुरी कायम गर्न घर घरमा पुुगेर चेतना फैलाइरहेका  छ ।
आइडिएस नेपालले सरसफाइ सम्बन्धी जनचेतना तथा सहजीकरण गर्नका लागी टोल टोलमा पुुगेर स्वास्थ्य सन्देश फैलाइरहेको खनालले बताएका छन । मास्क लगाउने तरिका सरसफाईमा ध्यान दिनुपर्ने र लकडाउन कार्यनवयन गर्न बारे घर घरमा पुुगेको सामाजिक परिचालक पबित्रा बोहोराले बताएकी छन । जिल्लामा गैरसरकारी संस्थाहरुले स्थानिय तहमा सामाजिक परिचालक परिचालन गरेर स्वास्थ्य सन्देश दिइरहेका छन ।

चर्चामा

सम्बन्धित समाचार