मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाउली खोलामा पुल निर्माणको ठेक्का खुल्याे

बाउली खोलामा पुल निर्माणको ठेक्का खुल्याे

  • शुक्रबार, जेष्ठ २१, २०७८
बाउली खोलामा  पुल निर्माणको ठेक्का खुल्याे

जंग रावल — जिल्लाको बडिमालिका नगरपालिकाे वडा न ९ मा रहेकाे बाउली खाेलामा माेटरेवल पुल निर्माणका लागि ठेक्का खाेलीएकाे छ र मार्तडी देखी गाैमुल सडक खण्ड अन्तरगत बाउली खाेलामा पक्की पुलका लागि ठेक्का पढेकाे बडिमालिका नगरपािलकाका नगर प्रमुख पदम बडुवालले बताएका छन ।   विगत ३ बर्षदेखी  तर काम नभएर रकम फ्रिज जाने गरेकाेमा यस बर्षदेखी पुल बन्नेमा बडिमालिका नगरपािलका र गाैमुल गाउँपालिकाका स्थानियले खुसी ब्यक्त गरेका छन ।  सघिय सांसद लाल बहादुर थापा, प्रदेश सासंद प्रकाश साह बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल गाैमुल गाउँपालिकाका अध्यक्ष हरी राेकाया लगाएतका नेताहरूकाे ठुलो पहल कदमि र प्रयास पछि सडक विभाग पुल महाशाखाबाट पक्कि पुल निर्माण हुन लागेको जनाइएकाे छ।
सो ठाउँमा पुल निर्माण हुने भएपछि बडिमालिका नगरपालिका गाैमुल गाउँपालिकाबासिलाई यातायातमा सहज हुनुका साथै सडक संजालमा जोडिने भएको छ । वर्षायाम सुरु हुने वित्तिकै  सडक संजाल बाट विमुख हुदै आएको गाैमुल गाउँपालिका र बडिमालिका नगरपालिका वडा न १,२ र ३ का स्थानियलाइ सहज हुने भएकाे छ । पक्कि पुलको ठेक्का आह्वान भएको अवर सुनेपछि स्थानिय खुसि भएका छन । पक्कि पुल निमार्ण हुने भएपछि ग्रामिण भेगकाे  उत्पादन गरिएका सम्पुर्ण सामानहरु ढुवानि गर्न सहज हुने भएको छ । पक्कि पुल निर्माणको लागि पहल कदमि गर्ने सम्पुर्ण लाइ यहाका नागरिकले धन्यबाद ब्यक्त गरेका छन।

No photo description available.

चर्चामा

सम्बन्धित समाचार