बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका खबरको समचार प्रभाब : अलपत्र चार भाइबहिनीलाइ सहयोग

बडिमालिका खबरको समचार प्रभाब : अलपत्र चार भाइबहिनीलाइ सहयोग

  • शुक्रबार, जेष्ठ २१, २०७८
बडिमालिका खबरको समचार प्रभाब : अलपत्र चार भाइबहिनीलाइ सहयोग

बाजुरा–बडिमालिका नगरपालिका २ माझिगाउँमा अलपत्र चार भाइबहिनीले सहयोग पाएका छन् । बडिमालिका खबरले चार भाइबहिनी अलपत्र परेको समचार प्रकाशित पछि उनलाई सहयोग जुटेको छ । बडिमालिका खबरको टिम अलपत्र बालवालिकाको रिपोटिङ्गका लागि गाउँमा पुुगेको थियो ।
समचार प्रकाशति पछि उनलाई लुुगाकपडा, खाद्यन्न र नगद सहयोग भएको बडिमालिका नगरपालिका २ का वडा अध्यक्ष डम्मर महतले वताएका छन् । बिच्चली भाइबहिनीलाई कामठमाडौ ब्यवसाहय गरिरहेका सुशान्त मुरारकाले ५१ हजार, अष्ट्रलियन नागरिक मार्गरिटा पारिश सेरानो बाट १५ हजार, अष्ट्रलिया बस्दै आएकि  मोनिशा थापाले १२ हजार सहयोग गरेका छन् । त्यस्तै सेभ द चिल्डे्रनमा कार्यरत चेतराज उपाध्यायले ११ हजार बराबरको खाद्यन्न सहयोग गरेका छन् ।
समचार प्रकाशित पछि चार भाइबहिनिीलाई ठुलो सहयोग भएको वडा अध्यक्ष महतले वताए । एसोएस बालग्रामले पनि लकडाउन खुकुलो पछि बालवालिकाको अबस्था बुझ्न आउने महतले वताएका छन् । समचार प्रकाशित पछि बालवालिका बिच्चलीमा रहेका थाहा पाएपछि सहयोग गरेका मनिषा थापाले वताएकि छन् ।
आमाको मृत्यु र बुवाले अर्को बिहे गरेर भारत गएपछि चार भाइबहिनी अलपत्र रहेका थिए । अलपत्र पर्नेमा ७ बर्षकि करुणा नेपालि, ६ बर्षकी कोपीला नेपाली, ४ बर्षकी स्माया नेपाली र ३ बर्षका धुुब्रराज नेपाली रहेका छन् । आमा रेखा दमाईको उपचारको क्रममा २ बर्ष पहिला भारतमा मृत्यु भएको थियो, भने बुवा बिनय नेपालीले अर्को बिहे गरेर भारत गएपछि अलपत्र रहेका वडा अध्यक्ष महतले वताए ।
नाबालक चार जना दलित भाईबहिनी बुढा बाजे अर्जुन दमाई र बज्यै बिस्ना दमाईको संरक्षणमा रहेका छन् । आर्थिक अबस्था निकै कमजोर रहेको अर्जुन दमाईको परिवारलाई नाबालक नातिनातिनी पाल्न निकै समस्या भएको छ । गाँउभरी डुलेर अरुलाई मागेर नाति नातिनिहरुको पेट भर्ने काम गरेको बज्यै बिस्ना दमाईले रुदै वताईन् ।
कोरोनाको कहर बढे सँगै लकडाउने उनिहरुमा झनै समस्या परेको थिए सहयोग पाएपछि नातिनातिना पाल्न निकै सहज भएको बज्यै बिस्ना दमाइले वताएकि छन् । अर्जुनको परिवार दलित हुन् । अझै जमिन जग्गा समेत नभएका उनको परिवार खलिया काम गर्थे, माथिल्लो जातिको काम गरे बाफतको अन्नले केही दिनलाई खान पुुगेपनि अहिले भने परिवार पाल्न निकै समस्या भएको वताए । अरुले राम्रो लगाएको देखेपछि किनिदेउ भन्छन्, तर आफु सँग पैसा हुदैन्, अरु गाउँलेका लुुगाफाटा मागेर नातिनातिनिको शरिर छोप्ने गरेको उनले वताएका थिए ।

चर्चामा

सम्बन्धित समाचार