शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • देश
  • त्रिवेणी र बुढिगंगा जोड्ने मौरेमा पक्किपुल निर्माण हुने

त्रिवेणी र बुढिगंगा जोड्ने मौरेमा पक्किपुल निर्माण हुने

  • शुक्रबार, जेष्ठ २१, २०७८
त्रिवेणी र बुढिगंगा जोड्ने मौरेमा पक्किपुल निर्माण हुने

चक्र बहादुर अयडी — जिल्लाको त्रिवेणी नगरपालिका र बुढिगंगा नगरपालिका जोड्ने मौरेमा पक्किपुल निर्माण हुने भएको छ । विगत लामो समय देखिको त्रिवेणी नगरपालिकाका नगर प्रमुख रामसिंह रावल , माननिय लाल बहादुर थापा , जनकराज गिरी लगाएतका नेता तथा कार्यकर्ताको ठुलो पहल कदमि र प्रयास पछि सडक विभाग पुल महाशाखाबाट पक्किपुल निर्माण हुन लागेको हो ।
सो ठाउँमा पुल निर्माण हुने भएपछि नगरबासिलाई आउजाउ गर्न सहज हुनुका साथै त्रिवेणी नगरपालिका मुख्य सडक संजालमा जोडिने भएको हो । वर्षायाम सुरु हुने वित्तिकै त्रिवेणी नगरपालिका मुख्य सडक संजाल बाट विमुख हुदै आएको थियो । त्रिवेणी र बुढिगंगा नदिको मौरेमा जोड्ने पक्कि पुलको ठेक्का आह्वान भएको अवर सुनेपछि सम्पुर्ण नगरवासि खुसि भएका छन । पक्कि पुल निमार्ण हुने भएपछि नगरपालिकामा उत्पादन गरिएका सम्पुर्ण सामानहरु ढुवानि गर्न सहज हुने भएको छ । पक्कि पुल निर्माणको लागि पहल कदमि गर्ने सम्पुर्ण नेता तथा कार्यक्रतालाई नगर प्रमुख रामसिह रावलले धन्याबाद व्यक्त गर्नु भएको छ ।

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार