बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • घिनलाग्दो राजनीति!

घिनलाग्दो राजनीति!

  • बिहिबार, जेष्ठ २०, २०७८
घिनलाग्दो राजनीति!

सुरेशकुमार पान्डे — राजनीति भनेको समग्रहमा राष्ट्रीयता र जनजीवीकाको पक्षमा आवाज उठाउँने एउटा समूह हो।उनिहरु वास्तबिक रुपमा देश र जनतामा समप्रित हुनुपर्नेहो।तर बिड्मबना भनौ वा राजनीतिज्ञाहरुको अनभिग्या भनौ आज राजनीतिलाई एउटा पेसाको रुपमा हेर्न थाले।
अब त अल्छि,गुण्डा गर्दी गर्न जानेका धाग लगाउँन जानेका गफडि,हरुले राजनीतिलाई आफ्नो पेसा ठानेर त्यसैमा जीवन यापन गर्न थाले।पुँजीवादी राजनीतिमा पनि बिधि र बिधानलाई मिन बनाएर त्यहिनुसार चल्ने चलाउँने पद्धति हुन्छ।यँहा त आफुलाई कम्युनिष्ट पार्टीका मिन भन्नेहरु आफुलाई क्रान्तिकारी ठान्नेहरुको चाला हेर्दा पनि घिन लाग्न थाल्यो।वास्तबिक अर्थमा राजनीति हरेक ब्याक्तिको लागि समाजको लागि र देशकै लागि पनि नभई नहुने कलाहो।हामिले राष्ट्रीयताको रक्षा,समाजको सुधार वा आमूल परिवर्तन र जनताको समस्याको समाधानको लागि राजनीति अनिवार्य गर्नुपर्छ।यो सामन्यतःपुँजीवादी राजनीति अन्तरगत पनि पर्दछ।
कम्युनिष्टको अर्थ त वास्तबिक रुपमा सोशक बर्ग सँग सोषित बर्गले सत्ता आफ्नो हातमा लिने एउटा पर्मुख हथियारनै हो।उनिहरु सँग पुँजिवादी राजनीति भन्दा यहि प्रमुख एउटा बिषयमा फरकछ।बर्गशंघर्ष कम्युनिष्टको घोषणा पत्रमा संसार भरिका श्रमजीवीहरुलाई एक जुट हुँन आवहान गरिएकोछ साथै बिद्धमान पुँजीवादी ब्यबस्थाको बिरुद्धमा बिद्रोह गर्ने उदेश्याले ईन्कलावको उदघोष गरिएकोछ।
गरिब मज्दुर,सर्वहारा,सुकुमबासिहरुको हित अधिकारका लागि,जातिय मुक्ति र लैङ्गिय असमानताको बिरुद्धमा सम्झौता हिन शंघर्ष गर्ने उदेश्यले बनेको महान कम्युनिष्ट आन्दोलन समेतलाई आजका राजनीतिज्ञहरुले माई खाने भाडो बनाएर बद्नाम गर्नथाले।जनता र देशले कम्युनिष्ट ब्यबस्था चाहान्छन।

तर हाम्रो देशमा कम्युनिष्ट पार्टिको स्थापनाकाल देखि अवसरवाद र उग्रवामपन्थिहरुको हातमा पार्टीको लगाम रहयो।उग्रवाम्पन्थिहरुले अतिरञ्जित र पोपलर क्रान्तिकारी नारालगाएर पार्टीलाई गलत बाटामा लतार्दै गए।ओवसरवादीहरुले उनैको कृयाकलाप बाट फाईदा उठाएर क्रान्तिकारीहरु माथिनै प्रहार गर्दै र नीतिनै शंसोधन गर्दै गए परिणाम हामिसबैको अगाडि छर्लङ्गैछ।हिँजोका अति रञ्जित नाराहरु अहिले बहुदलिए प्रतिशप्रधामा गएर बिसर्जन भयो।
अहिले देशभित्र पुजिसनमा पनि कम्युनिष्ट नाम धारी छन बिपक्षमा पनि कम्युनिष्ट नामधारीछन।आखिर कम्युनिष्ट बिचारधारलाई बिस्तारै पुँजीवादी राजनीतिमा लगेर सेलाउँनेहरु स्वायम कम्युनिष्टको बेच टाँगेको झुँण्डहो।
कम्युनिष्टको लोगो लाई आफ्नो स्वार्थपुर्तिको लागि प्रयोग गर्ने उनै झोलेहरु हुन जस्लाई क्रान्तिकारी मानेर गरिब मज्दुरहरुले आफ्ना बाल बालिकाको पेटकाटेर पालेकाछन।उनिहरुनै आज कम्युनिष्टको छत र छाँया भित्र बसेर कम्युनिष्टका जरा काट्दैछन।पुँजीवादी प्रतिकृयावादीले चाहेको उनिहरुले गर्दैछन।जो स्वायम पुँजीवाद र साम्राज्यावदी शक्तिले गर्न सकेको थिएन अहिले संसारमा कम्युनिष्टको खोल ओडेको अवसरवादी शक्तिले गर्दैछ।ठिक त्यही हाम्रो देशमा कम्युनिष्ट अराजक र अवसरबादले गर्दै आएकाछन।अहिले उनिहरुले कम्युनिष्टको नाम मा साम्राज्यावादको दलालि गर्दै आएकाछन
त्यसको एउटा जिउँदो उधारण अहिले एम सीसी लाई पारित गराउन उनिहरुले लगाएको जोड,नागरिकता बिध्यायक,त्यो भन्दा पहिले बाबुरामको पालामा ल्याएको ‘बिप्पा’लगायतका नीतिले प्रष्टपारेकोछ।अर्को उनिहरुले अन्तराष्ट्रीय दवाबमा फैकेको जातिय काड जस्ले बर्गिय शंघर्श लाई निर्मुल पार्छ।यि र यस्तै प्रकारका कयौँ गलत राजनीतिकको प्रयोगशाला बनाएर देशलाई बिदेशी औजारको अचानो बनाउँदै आएकाछन।
अहिले सम्म कम्युनिष्ट आन्दोलनमा अटल रहेर शंघर्ष गर्दै आएका केहि अपवादलाई छाडेर बाँकी सबैले यात कम्युनिष्ट पार्टीलाई आफ्नो अनुकुल बनाएकाछन वा जस्ले बनाउन सकेन त्यो कम्युनिष्ट बाट पतन भएकाछन।उनिहरु मध्यका कयौँले कम्युनिष्ट लाई घोषित रुपमा त कसैले अघोषित रुपमा त्यागि सकेकाछन।नौलो जनवादी क्रान्तिलाई जसरी मदन भण्डारिले बहुदलिय जनवादमा बिसर्जन गराएका थिए ठिक त्यहि प्रकारले पछिका नेताहरुले पनि बहुदलिए जनवाद आफ्नो माझिएको र खारिएको सिद्धान्तको रुपमा उदघोष गरेकाछन।कयौँले नजान्निदो पाराले क्रान्तिको स्पृटलाई घुमाएर त्यतै डोराउँदै पनिछन,यो सबै पछि समयले प्रष्टपार्दै जानेछ।
अहिलेको हाम्रो मुख्य जोड भनेको यस्ता घिनलाग्दा राजनीति को बिरोध र भाण्डा फोर्गर्दै एउटा देशभक्त र जनतान्त्रिक गठजोडमा अगाडी बढ्नुपर्दछ।साथै एउका सच्चा कम्युनिष्ट क्रान्तिकारी स्पृटको रक्षा गर्दै जानु पर्छ।आपसमा एकले आर्कालाई हिलो छ्यापने र बद्नाम गर्ने एउटै परिवारका ब्याक्तिहरु आपसमै गालिगलौच गर्दै लड्ने जुन अहिलेको अबस्था सर्जित भयकोछ यो हाम्रो लागि ठिक होईन र हुनेछैन।हामि सबैले पुँजीवादी राजनीतिको सिकार हुनछाडेर बर्गिय धरातलमा टेक्नुपर्छ यो समयको माग पनिहो।

चर्चामा

सम्बन्धित समाचार