शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बुुढीनन्दा नगरपालिकाद्धारा बजार अनुुगमन

बुुढीनन्दा नगरपालिकाद्धारा बजार अनुुगमन

  • बुधबार, जेष्ठ १९, २०७८
बुुढीनन्दा नगरपालिकाद्धारा बजार अनुुगमन

बाजुरा — बुढीनन्दा नगरपालिकाको अगुवाईमा कोल्टि क्षेत्रको मुख्य ब्यापारी केन्द्र पीलुुचौरमा बजार अनुगमन गरेको छ । निषेधाज्ञाको समय खाद्य बस्तुको गुणस्तरलाई मध्येनजर गरी पिलुचौरका खाद्यान्न पसलहरु अनुगमन गरिएको बुढीनन्दा नगरपालिका उपप्रमुख सृष्टी रेग्मीले बताएकी छन् ।

निषेधाज्ञाको मौका छोपी मनपरी हिसाबले खाद्य बस्तुको कालो बजारी गरी दैनीक उपभोग्य बस्तुुको मुल्य वृद्धि गर्ने प्रविधि रहेकाले महामारीको बेला कालो बजारी सिर्जना हुन नदिन बुधबार दिउसो पिलुचौरका पसलहरु अनुगमन गरेको उप प्रमुख रेग्मीले जानकारी दिएकी छन् ।

अनुगमनका क्रममा बजारमा चामल र तेलको मुल्य अस्वभाविक रुपमा वृद्धि भएकोे पाईएको छ । मुल्य वृद्धि गर्नुको कारण मार्तडी नै मुल्य वृद्धि भएको छ, हामीले मार्तडीबाट सामान ढुवानी गर्दा बढी मुल्यमै सामान ल्याएका हौँ त्यसैले यहाँ मुल्य वृद्धि गर्नु परेको ब्यापारीले बताउने गरेका छन् ।
अनुगमनका क्रममा सुजी, बिस्कुट, जुस लगायत म्याद सकिएका समानहरु बरामद गरी नष्ट गरिएको छ । अनुगमनमा बुढीनन्दा नगरपालिकाकी उप प्रमुख श्रृष्टि रेग्मीको संयोजगत्वमा जिल्ला प्रशासन कार्यालय बाजुराका प्रतिनिधि, इलाका प्रहरी कार्यालय कोल्टी, बुढीनन्दा नगरपालिका अनुगमन समिति र संचारकर्मीको उपस्थित रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार