शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • कोरोनाको मारमा एचआईभि संक्रमित : भोको पेटमा औषधि खादै

कोरोनाको मारमा एचआईभि संक्रमित : भोको पेटमा औषधि खादै

  • बुधबार, जेष्ठ १९, २०७८
कोरोनाको मारमा एचआईभि संक्रमित : भोको पेटमा औषधि खादै

बाजुरा–बुढिगंगा नरपालिका १० किरमुलि विकले एआरभि सेवन गर्न लागेको ३ बर्ष भयो । कोरोनाको कहरले लकडाउन पछि उनले पोषिलो खानेकुरा त टाढाको बिषय बनेको छ भने दैनिक छाक टार्न धौ धौ भएको छ । थोरै खाएर खालि पेटमा एआरभि सेवन गर्ने गरेको किरमुलिले वताएकि छन् ।
उनका श्रीमान बने विकको एचआईभिका कारणले तिन बर्ष पहिला नै मृत्यु भइसकेको छ । छोरा छोरी पाल्न दुख त छदै त्यो सँगै औषधि खानु पर्छ भोको पेटमा औषधि खाने गरेको वताईन् । लकडाउन कतै ज्याला मजदुरी नपाएपछि खाद्यन्न संकट भएको उनले वताएकि छन् । उनि जस्तै बाजुराका ५६ जनाले जिल्ला अस्पताल बाजुरा बाट एआरटि सेवन गरिरहेका छन् । अधिकांशले खालि पेटमा औषधि खाने गरेको संक्रमित तथा बाजुरा प्लस कि अध्यक्ष मिना बिकले वताएकि छन् ।
संक्रमितहरु काम गरेर पेट पाल्ने गरेका थिए । अहिले लकडाउने काम पनि छैन्, त्यसैमा त आर्थिक अबस्था कमजोर छ, पोषण बिना एरआभि सेवन गदै आएको जला रावलले वताएकि छन् । एआरभि सेवनले संक्रमितहरुमा रगतको कमि हुदै आएको छ । संक्रमितहरु पोषण विना नै खालि पेटमा एआरभि खाने गरेका छन् । आर्थिक अबस्था सँग उनिहरुले पोषणयुक्त खान नपाउने भएकाले संक्रमितहरुको स्वास्थ्य अबस्था निकै कमजोर हुदै आएको उनिहरुले वताएका छन् । सबै भन्दा जोखिम संक्रमितहरु रहेका छन्, राहत भने कतै बाट नपाएको बुढिगंगा १० कि लक्ष्मि साउदले वताएकि छन् ।
बुढिगंगा -८ बस्ने जला रावलले एआरटि औषधि सेवन गर्न लागेको १० बर्ष भईसकेको छ । ६ बर्ष पहिला सम्म उनि एआरटि औषधि सँगै पौष्टिक आहार (लिटो पिठो) समेत पाउने गर्छिन । औषधि सँगै पौष्टिक खाने गर्छिन । त्यति बेला तिनको स्वास्थ्यमा राम्ररै थियो । सरकारले २०६९ माघ महिना देखि पौष्टिक आहार नदिने भएपछि जला रावल खालि पेटमा एआरटि औषधि खाने गरेकी छन् । खालि पेटमा औषधि खानाले उनमा कमजोरी पन देखि लिएर स्वास्थ्यमा प्रतिकुल असर परेको छ ।
खालि पेटमा एआरटि सेवनले संक्रमितलाई निकै समस्या भएको बुढिगंगा नगरपालिकाका स्वास्थ्य संयोजक दिपक शाहले वताए । उनले भने २०६९ माघ सम्म नेपाल सरकार अन्र्तगत बाल स्वास्थ्य महाशाखाले एआरटि सँगै पौष्टिक आहार दिदै गरेको थियो । तर त्यसपछि भने एका एक रोकेको बताए । पौष्टिक बन्द पछि एआरटि सेवन गर्नेको स्वास्थ्य कमजोर हुदै आएको उनले थपे । अहिले त लकडाउने थप जोखिममा परेको शाहले वताए ।
अधिकांश एचआईभि संक्रमित ब्यक्तिहरु गरिब र न्युन आर्थिक स्थितिका रहेका छन् । “सामान्य छाक टार्न त धौ धौ छ, कसरी पौष्टिक आहार किनेर खाने सारै पिडा बाँच्न बाध्य भएका संक्रमित मिना बिकले बताईन् । बिहाना बेलुकि छाक टार्न त दैनिक ज्याला मजदुरी गर्नुे पर्ने बाध्यता रहेको छ । कमजोरी हुदै गएपछि अन्य संक्रमण समेत बढदै गएको स्वास्थ्य कर्मीले बताएका छन् । एचआईभि संक्रमित पिडै पिडा बाच्न बाध्य भएपनि सरकारले कुनै वास्ता नगरेको अधिकारकर्मीले बताएका छन् ।
औषधि सँग कुनै पोषण युक्त खानेकुरा नहुँदा उनिहरुमा पोषणको समस्या हुदै आएको बाह्रविस स्वास्थ्य चौकीका सिअहेब कुल बहादुर रावलले वताएका छन् । कमजोर हुँदा उनिहरुमा बिभिन्न खाले रोगको संक्रमण हुन थालेको रावलले वताएका । पौष्टिक आहार खान नपाँउदा एचआइभि संक्रमितहरुमा रगतको कमि देखा पर्ने समस्या भईरहेको स्वास्थ्यकर्मीले बताएका छन् । शरिरमा रगतको कमि भएमा एआरटि सेवन गर्न समेत समस्या हुने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार