बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • जनताले पाए सास्ति सरकारलाईछ मस्ति।

जनताले पाए सास्ति सरकारलाईछ मस्ति।

  • मङ्लबार, जेष्ठ १८, २०७८
जनताले पाए सास्ति सरकारलाईछ मस्ति।

सुरेशकुमार पान्डे– संसारमा राजनीति त गर्छन तर हाम्रो देशमा भने सदैभरी तमाशा गर्छन।यिनिहरु भित्र मानवता सकियो,जनताले गालि गरेको होकि यिनिहरुको पुजा यिनिहरुलाई कुनै मतलबछैन।
संसारमा कोरोनाको कहरछ तर त्यँहाको राजनीतिक अबस्था सन्तुलित देखिन्छ किन भने उनिहरु लाई आफ्नो ईज्जतको खयालछ।दुनियाले के भन्ला यो बेलामा हामि आपसमा लड्दा भनेर भएपनि उनिहरुको बिचमा यो वाईरसलाई कसरि पाखा लगाउँ र देशलाई शुरक्षित गरौँ भन्नेमा उनिहररु चिन्तित देखिन्छन।नागरिकको भलो कसरिहुन्छ त्यो उनिहरुको चिन्ताको बिषय भएकोछ।भारतमा बिसाल जन संख्याछ तर पनि हाम्रो देशको जस्तो असाय अबस्थामा जनता देखिदैनन्।
तर हाम्रो देशमा यहि बेला संसदलाई बिघटन गर्ने जनतालाई सास्ति दिने सरकारको योजना छ उस्तै भ्रष्टचारीहरुले जनतालाई कसरी कुन बहानामा लुटौँ यस्तो मौका फेरी मिल्लाकी न मिल्ला भन्ने चिन्तामाछन।दुईतिहाईको सरकारलाई बिघटन गरेर मध्याब्दि आम निर्वाचनमा जाने उदघोष गरेकाछन।

हामिलाई आफ्नै देशको बारेमा लेख्दा मनमा पिर लाग्छ तर भ्रष्टचार र सरकारको खेला देख्दा नलेखि नहुँने हुन्छ।देशभित्रको महेङ्गि भ्रष्टचारी यो सरकारको देन भएकोले हामिले सरकारकै भण्डाफोर्ड गर्नुपर्नेहुन्छ।
लाकडाउँनमा अनिमिताछ कुनै सरकारले दिएको शुरक्षा उपदेश बाहेक अरु कुनै सहयोगछैन।

घरिघरि घरमा बसौँ शुरक्षित रहौँ सिनेटाईजरको प्रयोग गरौँ मासको प्रयोग गरौँ जस्ता प्रचारहरु दिनौ आउँछन चौबिसै घन्टा आउँछन।के सिनेटाईजर र मास सरकारले निसुल्क दिएकोछ?छैन गरिब जनताले त्यो कसरि किन्ने जस्को मज्दुरि खोसियो कामछैन।त्यसताको बस्तिमा यो शुरक्षाका बस्तु उपक्रणहरु जेपनि छन चेक जाँच खोफ आदी सरकारले निसुल्क दिनुपर्नेहो।आखिर कोरोना गरिबको बस्तिमा पनि त हुन्छ।एकातिर लाकडाउँनले गर्दा गरिबहरुका घरमा खाने खर्च सकियो आर्को तिर सरकारले गरेको यो शुरक्षाको प्रचारलाई सुन्दा अचम्मै लाग्छ।आर्को के हामिले प्रयोग गर्ने सेनेटाइजर बारे सरकारले चेक जाँच गरेको वा सरकारी तर्फबाट सेफ्टीकोड प्राप्त गरेर बिक्रि बितरण भएकाछन?अहिले धेरै सिनेटराईजबाट पनि गम्भिर बिमारीको बारेमा र सेनेटाईजर नक्लि बजारमा आएको बारेमा सोसिल मिडियाहरुमा आएकोछ।यस्तो समाचरले के देखाउँछ भने अहिले हाम्रो देशमा जस्तो भ्रष्कचार लुटतन्त्र अन्तछैन।भन्छन देशमा लाकडान गरेर देश शुरक्षितछ।भ्रमित गराएकाछन जनताहरुलाई छिमेकमा बोडर खुल्लाछ जो जसरी आए गएपनि हुन्छ।

न कुनै चैक जाँचछ मात्र देशभरिका जनतालाई भ्रमित गरेर पैसाकमाउँने केहि भ्रष्टचारिहरुको खेल भयकोछ।घोराही बाट एउटा रोगिलाई लिएर जानेले नेपाल गञ्ज सम्मको एकजानकाको भाडा पाँच देखि दशहजार सम्म दिएको बताउँछन। लामु दुरिका बसहरु नचल्दा जनतालाई कतिधेरै सास्ति भयकोछ।म आफैले पनि कृष्णनगर सम्मको एकजनाको चारहजार भाडा तिरेकोछुँ।जम्मा जम्मि दुईघण्टाको बाटोमा किराया तिन सौ लाग्नेमा चार हजार दिनुपर्ने बाध्यताछ।हाम्रो छिमेकि देश भारतमा सरकारी रेटमा यातायात शुबिधा छ।सरकारले जरुरि साधनलाई जनताको हितमा बितरण गर्ने निर्देशन गरेकोछ।बढनि बाट आनन्द बिहार सम्मको भाडा सुपर फष्टको जसमा आराम सँग सुतेर आईन्छ एसि गाडि हमसफरमा १२सए मात्र भाडाछ भने।कयौँ प्राईबेट बसहरुले दिल्लि देखि रुपेडिया सम्मको रु१५असुल्ने,नेपाल गञ्ज सम्म घोराही बाट रु पाँच हजार लिएर मोटर साईकिलमा नेपाल गञ्ज सम्म छोड्ने गरेकाछन।

सरकारको गलत ब्यबहारले देशलाई त खरानि पार्दैछ जनता समेतलाई नाङ्गेझार पारेकोछ।यस्तो लुटतन्त्रछ हाम्रो संघिय गणतान्त्रिक भएको नयाँ नेपालमा।औसधी किन्नै सकिन्न रक्सि जतिभयपनि बिक्छ।खानेपनिको किल्लतछ बिजुलिको नियमित कटले उस्तै जनताले दुःख खेप्नुपरेकोछ।आखिर हाम्रो स्वर्गतुल्य देशमा जब सम्म आमुल परिवर्तन हुँदैन तब सम्म देश आत्मनिर्भर हुँने देखिदैन न जनताले सुखःपाउँनेछन।
देशमा मात्र कुर्चिको लागि नेताहरुको बाद बिवाद किन बेच गर्ने देशलाई बिदेशीको हातमा सौँपेर हुकुम चलाउँन खोज्ने नव गद्धारहरुले गर्दा बेहालछ।
अहिले कथित मधेशि दलका कयौँ नेताहरुलाई ओलि पक्षले किनेको सार्वजनिक मिडियाहरुमा आएकोछ।जनताले खाडिमा गएर पचास ५५डिग्रिको धुपमा बगाएको पसिना नेताहरुले ऐयासिमा खर्च गरेकाछन।यस्तो देशको भयभाव अबस्थामा यहि ब्यबस्थालाई टालटुल पारेर जनतालाई सुभिधा दिन संसदमा जानेहरुले अब सबक सिक्नु पर्छ।देशमा कृषिक्रान्त्रि अहिलेको आबस्याकताहो भनेर बुझ्नुपर्दछ।साथै यो पनि नबुझि हुँदैन अहिले भर्खर त्यो असम्भब पनिछ।त्यसैले अबको लडाई जन आन्दोलन र त्यसको लागि चुनाव लाई उपयोग वा बहिस्कार जुन प्रकृयाले पार्टि संगठनलाई बल मिल्छ त्यहि गरेर जानुपर्दछ।

यो देशको दर्दनाक र कहालि लाग्दो अबस्थामा जनताले सास्ति पाएकाछन तर पनि राजनीतिक नेताहरुको आ-आफ्नै प्रकारको मस्तिछ।तर समयले यिनिहरु भ्रष्टचारीहरु लाई पाखा लगाएर छाड्नेछ।

चर्चामा

सम्बन्धित समाचार