शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • शरीर चिलाएर हैरान हुनुहुन्छ ? अपनाउनोस् यस्ता घरेलु विधि

शरीर चिलाएर हैरान हुनुहुन्छ ? अपनाउनोस् यस्ता घरेलु विधि

  • मङ्लबार, जेष्ठ १८, २०७८
शरीर चिलाएर हैरान हुनुहुन्छ ? अपनाउनोस् यस्ता घरेलु विधि

– शरीरको जुन भाग चिलाइरहेको छ त्यहाँ अजवायनले धुनाले चिलाउन छाड्दछ ।

– निमको पात चिलाएको ठाउँमा लगाउनाले चिलाउन छाड्छ ।

– गाईको पिसाबले नुहाउनाले अथवा गाईको पिसाबमा कपुर मिलाई शरीरमा लगाउनाले चिलाउन छाड्छ ।

– चमेलीको तेलमा कपुर अथवा कागतीको रस मिलाई शरीरमा लगाउनाले चिलाउन छाड्छ ।

– निलोतुथोलाई पानीमा उमाली लगाउनाले चिलाउन छाड्छ ।

– २० ग्राम गन्धक, १० ग्राम नरिवलको तेल २५० ग्राम दहीमा मिलाई शरीरमा लगाउनुहोस् । त्यसको केही समयपछि तातो पानीले नुहाउनाले चिलाउन छाड्छ ।

– शुद्ध गन्धक ५० ग्राम, मिश्री १०० ग्राम अलैँची ५ ग्रामलाई पिसेर धुलो बनाई बिहानबेलुका खानाले चिलाउन छाड्छ ।

– २५ ग्राम अमलालाई पिसी २० ग्राम सख्खरसँग मिलाई खानाले चिलाउन छाड्छ ।

– बिग्रेको नरिवल, निलोतुथो, अमलाको रस, कपुरलाई पानीमा मिलाई चिलाइरहेको ठाउँमा लगाउनाले चिलाउन छाड्छ ।

साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट

चर्चामा

सम्बन्धित समाचार