• होमपेज
  • कला /साहित्य
  • लेख्न अलि अपठ्यारो भएको हुँदा,

लेख्न अलि अपठ्यारो भएको हुँदा,

  • सोमवार, जेष्ठ १७, २०७८
लेख्न अलि अपठ्यारो भएको हुँदा,

लेख्न अलि अपठ्यारो भएको हुँदा,
शब्द जुटाउँन नि गारो भएको हुँदा।

थोरै लेखेको छुँ हिजो आज म पनि,
स्वास्थय नि अलि सारो भएको हुँदा।

जसरी तसरि कलम त चलाएकैछुँ,
कलम आँखाको तारो भएको हुँदा।

जान त पर्छ सबैलाई यो संसार बाटै,
जीवन कालको उधारो भएको हुँदा।

शंघर्ष त गर्नैपर्छ बाँच्नको लागि नी,
जगत ज्ञानको कम्पारो भएको हुँदा।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार