शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • आमाको कोभिड नतिजा नेगेटिभ, नवजात शिशुको पोजेटिभ

आमाको कोभिड नतिजा नेगेटिभ, नवजात शिशुको पोजेटिभ

  • आइतवार, जेष्ठ १६, २०७८
आमाको कोभिड नतिजा नेगेटिभ, नवजात शिशुको पोजेटिभ

भारतको बनारसमा कोभिड संक्रमण नभएकी महिलाबाट जन्मिएका शिशुमा संक्रमण देखिएको छ । जन्मनासाथ शिशुमा कोरोनाको संक्रमण देखिएको हो । २६ वर्षीय आमाको कोरोना परीक्षण गर्दा नतिजा नेगेटिभ आएको थियो । महिलालाई २४ मेइमा बनारस हिन्दू विश्वविद्यालयको एसएसएल अस्पतालमा भर्ती गरिएको थियो ।

२५ मेइमा महिलाले एक बालिकालाई जन्माइन् । लगत्तै ती शिशुको कोरोना परीक्षण गरियो । आमा नेगेटिभ भएपनि नवजातको परीक्षण रिपोर्ट पोजेटिभ देखियो । यस घटनाले चिकित्सक र परिवारलाई स्तब्ध भएको छ । अस्पतालले केही दिनभित्र फेरि दुबैको कोभिड परीक्षण गर्ने जनाएको छ । एसएसएल अस्पतालका चिकित्सा अधिक्षक केके गुप्ताका अनुसार यो कुनै असामान्य घटना भने होइन ।

उनले भने, ‘आरटी पिसिआर परीक्षणको एक्युरेसी ७० प्रतिशतसम्म थियो । महिलाको नमूना त्यस संवेदनशीलताभन्दा माथि हुनसक्छ । त्यसैकारण महिलाको कोभिड परीक्षण फेरि गरिनेछ ।’ अहिले आमा र नवजात शिशु दुबैको अवस्था ठिक छ । उनीहरु दुबै स्वस्थ छन् ।

चर्चामा

सम्बन्धित समाचार