• होमपेज
  • ब्रेक्इङ न्युज
  • पाँच दलका शीर्ष नेताको संयुक्त वक्तव्य : अध्यादेशबाट बजेट संविधानको ठाडो उलंघन

पाँच दलका शीर्ष नेताको संयुक्त वक्तव्य : अध्यादेशबाट बजेट संविधानको ठाडो उलंघन

  • आइतवार, जेष्ठ १६, २०७८
पाँच दलका शीर्ष नेताको संयुक्त वक्तव्य : अध्यादेशबाट बजेट संविधानको ठाडो उलंघन

विपक्षी पाँच गठनबन्धनले सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि कामकारवाही नगर्न चेतावनी दिएको छ। आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पाँच गठबन्धनको बैठकले संविधान विपरितका र अलोकतान्त्रिक कामकारवाहीमा सहयोगी नहुन राज्यका सबै अंग र नियकाहरुलाई अपिल समेत गरेको छ।

‘प्रतिनिधिसभाको पुनस्थापना र प्रतिनिधिसभाका १४९ सदस्यहरुको हस्ताक्षरमा विकल्प प्रधानमन्त्रीका रुपमा हामीले विधिवत् दावी प्रस्तुत गरिसकेको अवस्थामा देश र जनतालाई दीर्घकालीन असर पर्ने किसिमका कुनैपनि कामकारवाही नगर्न सरकारलाई चेतावनी दिन चाहन्छौं।सरकारका संविधान विपरितका र अलोकतान्त्रिक कामकारवाहीमा सहयोग नुन राज्यका सबै अंग र निकायहरुलाई पनि आग्रह गर्दछौं,’वक्तत्वयमा उल्लेख।

सरकारले अध्यादेशमार्फ जारी गरेको बजेटप्रति पनि विपक्षी गठबन्धनले विरोध जनाएको छ । संसदमा पेश हुनुपर्ने किसिमको बजेट अध्यादेशमार्फत ल्याएर सरकारले अवैधानिक काम गरेको विपक्षी गठबन्धनको ठहर छ।

वक्तत्वयमा भनिएको छ, ‘देश कोरोना महमारीबाट आक्रान्त भइरहेको कठिन स्थितको दुरुपयोग गरी प्रधानमन्त्री केपी ओलीद्वारा संविधानको अवहेलना र उल्लंघन गर्ने काम एकपछि अर्को गरी भइरहेको छ। ‘सरकारको संरक्षणमा भ्रष्टचार र कमिसनखोरी रहेको बढ्दो छ।’

उनीहरूले सर्वोच्च अदालतबाट संवैधानिक व्यवस्थाको संरक्षण भइ न्याय प्राप्त हुने पनि विश्वास लिएका छन्। ‘संवैधानिक सर्वोच्चता, कानुनी शासन प्रणाली र स्वतन्त्र न्यायालय रहेको हाम्रो देशमा सवोच्च अदालतबाट संवैधानिक व्यवस्थाको संरक्षण भइ न्याय प्राप्त हुनेमा हामी विश्वस्त छौँ । लामो कठोर संघर्षबाट प्राप्त नेपालको संविधान र लोकतन्त्रको पक्षमा एकताबद्ध सशक्त किसिमले आवाज उठाउन र दृढताका साथ अग्रसर हुन हामी सम्पूर्ण राजनीतिक दलका नेता र कार्यकर्ताहरु तथा आम जनसमुदायमा हार्दिक आह्वान गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

संविधान र लोकतन्त्रका पक्षमा आवाज उठाउन र दृढताका साथ अग्रसर हुन सबै राजनीतिक दलका नेता तथा कार्यकर्तामा उनीहरूले आह्वानसमेत गरेका छन्।

 

चर्चामा

सम्बन्धित समाचार