बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सेलिब्रेटी
  • पहिला मलाई गालीगर्ने,अहिले मेरा फ्यान भएका छन् : युटुवर रोकाया

पहिला मलाई गालीगर्ने,अहिले मेरा फ्यान भएका छन् : युटुवर रोकाया

  • शनिबार, जेष्ठ १५, २०७८
पहिला मलाई गालीगर्ने,अहिले मेरा फ्यान भएका छन् :  युटुवर रोकाया

अर्थ जङ्ग शाही /बझाङ्ग — छोटै समयमा अहिलेको पोजिसनमा पुग्न पाउँदा म आफूलाई एकदमै लक्की ठान्छु । मेरो यो यात्रामा फ्यानका लागी माया र सपोर्ट छ । विशेष गरेर ती फ्यान जसले मेरो कामको तारिफ गर्दै मलाई अगाडि बढ्न सुझाव दिने गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुक, ट्वीटर मेरो फ्यानसँग नजिकिने दरिलो माध्यम हो । त्यसअथवा सुटिङ स्पोट र कार्यक्रम पनि । कति फ्यान यस्ता पनि छन् जसले चल्न लागेको मेरो चलचित्रको प्रचार–प्रसारसमेत गरिदिन्छन् । अभिनयका मेरा कमीकमजोरी केलाउने र समीक्षा गर्ने पनि फ्यान नै हुन् । ती सबै फ्यान पोस्ट पठाउँछन् । यो हेरेर म कलाकारितामा अगाडि बढ्ने गरेको छु । यसले पनि कलाकारितामा अगाडि बढ्न मलाई सजिलो भएको छ । यतिका लामो समयसम्म पनि कुनै फ्यानले डिस्टब गरेका भने छैनन् । परिणाम स्वरप अभिनय र कलाकारिता एकै साथ सजिलै अगाडि बढाउन सकेको छु । केही फ्यानको विशेष ध्यान मेरो अध्यानमा छ । त्यसैले अध्यानका लागि पनि ध्यान पुर्‍याउन सुझाव दिइरहन्छन् ।
अभिनय मनपराउने मात्र हैन । प्रेम प्रस्ताव पनि धेरै फ्यानले राख्ने गरेका छन् । नर्मल पब्लिकलाई त प्रेम प्रस्ताव आउँछ भने, हामी पब्लिक फिगर बनाएकालाई त झनै आउने भैहोल्यो नि ? यही कुरालाई सम्झन्छु र चित्त बुझाउँछु । त्यसरी आउने प्रस्तावलाई प्रोफेसनको सफलता मान्ने गरेको छु । धेरै फ्यान यस्ता छन् जसले पहिला कामको प्रशंसा र पछि सौन्र्दयको बयान गर्छन्, अनि मात्र प्रेम प्रस्ताव राख्छन् । केही फ्यान मलाई सुहाउने ड्रेस बताउँदै सपिङ गरिदिन्छु भन्छन् । यी प्रस्तावमा चाहेर पनि म केही भन्न सक्दिनँ । बरु यसैमार्फत सरी भन्छु ।

साँथै फ्यानहरुले The Sonica Show युटुपमा दिनकै भिडियो हेर्न नपाएपछि हामीलाई दिन काट्नै गार्हो हुन्छ भनेका छन्।

अन्तमा, फ्यानहरुलाई मेरो भित्री मनैबाटै धेरै धेरै थ्याङक्यु भन्न चाहन्छु । किन भने तनावमा पनि फ्यानहरुले काममा लाग्न मलाई ऊर्जा दिईरहेका छन्। फ्यानहरुको माया पाउने काममा म अझ लागिपर्ने छु । मैले चाहेर पनि कसैलाई समय दिन नसकेको होला । त्यसका लागि म ‘सरी ल’ भन्न चाहन्छु । कलाकारितामा मलाई मेरो मिहिनेतले भन्दा पनि फ्यानको सल्लाह र सुझाव टिकाइरहेको छु । त्यसैले भन्न चाहन्छु लव यु माई फ्यान ।

चर्चामा

सम्बन्धित समाचार