आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • विचित्र संसार
  • प्रतिबन्ध छल्न आकाशमै बिहे !

प्रतिबन्ध छल्न आकाशमै बिहे !

  • बुधबार, जेष्ठ १२, २०७८
प्रतिबन्ध छल्न आकाशमै बिहे !

भारतमा एक जोडीले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि लगाइएको प्रतिबन्धबाट बच्न आकाशमै विवाह गरेका छन् । तामिलनाडु राज्यका एक जोडीले विमान चार्टर्ड गरी आकाशमा नै विवाह गरेका हुन् ।

समाचारमा उल्लेख गरिएअनुसार तामिलनाडुमा कोरोना संक्रमण नियन्त्रणको लागि विवाहमा ५० जनाभन्दा धेरै मानिस सहभागी हुन नपाउने व्यवस्था गरिएको छ । तर, उक्त जोडीले आकाशमा गरेको विवाहमा भने १६० भन्दा धेरै मानिसहरु सहभागी थिए ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा विवाह गर्ने जोडी र अन्य पाहुनाले विमान भरिएको थियो । भारतको हवाई नियामकले यो घटनाको विषयमा अनुसन्धान सुरु गरेको बताएको छ । भारतको हवाई उड्डयन निर्देशनालय (डीजीसीए)का एक अधिकारीले यो घटनापछि विमानमा एक कर्मचारीलाई कामबाट निलम्बन गरिएको बताएका छन् ।

एजेन्सीहरुको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार