बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • प्रधानमन्त्री खड्क प्रसाद ओलिलाई पत्र ! नेपाल सरकार

प्रधानमन्त्री खड्क प्रसाद ओलिलाई पत्र ! नेपाल सरकार

  • आइतवार, जेष्ठ ९, २०७८
प्रधानमन्त्री खड्क प्रसाद ओलिलाई पत्र ! नेपाल सरकार

सिँह दरबार काठमाडौं नेपाल /जनक बिसि– सम्माननिय प्रधानमन्त्री खड्क प्रसाद ओलि तपाईंको मनाेमानिमा रास्ट्रपति श्रीमती बिद्यादेवि भन्डारिलाई कठपुतली त बनाउनु भयाे रास्ट्रिय अन्तर्राष्ट्रिय रूपमा उच्च सम्मानित संस्था ” शितल निवास ” काे समेत धज्जि उडाएर संसदकाे कत्लेआम हत्या गरि रास्ट्रियताकाे लागि उठाइएको याे कदमले तपाईं एक तानाशाहकाे रुपमा देखिनु भयाे । पुर्व सेनापति रुकमानगत कटुवालाई गृहमन्त्रीकाे अफर, २०६२-२०६३ काे १९ दिनकाे महान जनआन्दोलनले निर्मल निवास पठाएको पुर्व ज्ञानेन्द्र शाहलाई सक्रिय पार्ने तपाईंको कदमले पुर्व राजा भन्दछन ” यस महामारीको संकटका बेला जन दाइत्वबाट पन्छिनका लागि असामयिक राजनीति जालझेल सिर्जना गरि जनताको स्वास्थ जस्तो गम्भीर समस्यालाई थाती राखेर सत्ता र शक्तिकाे बलमा स्वार्थका निमित्त देशलाई दुर्घटना धकेल्ने शाषक र उनका मतियारकाे अपराधलाई जनताले कहिल्यै क्षमा गर्ने छैनन् । ” वक्तव्य जारी गरे ।
सम्मानिय महाेदय :- यसरी तपाईं पटक पटक जनताले चुनेको संस्था संसदिय ब्यवस्थाकाे गरिमामय आत्मालाई आक्रमण गरेर संसदलाई रक्ताम्यै पारेर हिडि रहदा , तपाईं एक तानाशाहकाे रुपमा देखिदै देशलाई प्रतिगमन दिशातर्फ उभाउनु भयाे किनभने तपाईं एक प्रतिनिधि पात्र बनेको हुदा एकातिर नेपाली जनताले कारबाही गरि फालेका पुर्व राजालाई सलबलाउने माैका दिएर ” हिन्दुराज्य गठन ” निर्माण र आवाजलाई सक्रिय सहयोग गरि रहनु भएको छ भने रास्ट्रियता , गणतन्त्र र धर्मनिरपेक्षतालाई ओझेलमा पारेर नेपाली जनतालाई धाेका दिई रहनु भएको छ ।

सम्मानिय महाेदय खड्क प्रसाद ओलि :-
याे वर्तमान राज्य सत्ताकाे स्वरुप मुल रूपले साँमन्ती दलाल नाेकरशाहि र बुर्जुवा प्रकारकाे छ र यसले मुटठिभर शाेषक वर्गहरुकाे नै प्रतिनिधित्व गर्ने र हितकाे खाँतिर काम गर्दछ तर न्याय प्रेमि नेपाली जनताको सपना र लडाइँ केहाे भने याे प्रतिक्रियावादि राज्य सत्तालाई धोस्त पारेर जनबादि क्रान्ति सम्पन्न गर्नु पहिलो उदेश्य हाे तर तपाईं जस्तो लाेकतान्त्रिक पक्षधरहरुकाे पक्षपाती नेता तानाशाही बनेर हिटलरकाे चेहरामा आउनुस नेपाली जनता चकित हुने छैनन , मात्र केहाे भने तपाईं खुसि मनाेमानि जालझेल षड्यन्त्र गरेर ” उखान टुक्का ” मा देश प्रतिगमन दिशामा डाेराई रहनु भएको छ याे नेपाली जनतालाई सैय्य हुने छैन , अत : पछिल्लो राजनीति घटनाक्रम मद्दय रात ०७ जेठ २०७८ का दिन रातमा तपाईंकाे सिफारिसमा गरिएको प्रतिनिधि सभा बिघटनले असंबैधानिक प्रतिगामि कदमकाे हामी घाेर रुपमा निन्दा र बिराेध गर्दछाै साथै नेपाली जनताकाे तर्फबाट यथासिग्र संसद पुनःस्थापनकाे जाेडदार माग गर्दछाै ।

चर्चामा

सम्बन्धित समाचार