बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुराकी युवा उधमी मिजारद्धारा अक्सिजन ब्यबस्थापन गर्न ५ हजार सहयोग

बाजुराकी युवा उधमी मिजारद्धारा अक्सिजन ब्यबस्थापन गर्न ५ हजार सहयोग

  • बिहिबार, जेष्ठ ६, २०७८
बाजुराकी युवा उधमी मिजारद्धारा अक्सिजन ब्यबस्थापन गर्न ५ हजार सहयोग

बाजुरा — बाजुरा जिल्लाकी युवा उधमी बुढिगंगा नगरपालिका वडा न ५ कोटबाडाकी सुशिला मिजारले जिल्ला अस्पताल बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि लागि ५ हजार सहयोग गरेकी छन ।
यो बिषम परिस्थीतीमा सानो सहयोगले पनि कसैको जिवनमा उपकार हुन्छ भने किन सहयोग नगर्ने भन्दै उधमी मिजारले अक्सिजन ब्यबस्थापनमा थोरै भए पनि सहयोग गरेकोे बताएकी छन । कोरोना संक्रमणपछि धेरैलाई अक्सिजनको आबस्यकता पर्ने भन्दै सहयोग गरेको उधमी मिजारले बताइन ।
सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ता तथा ब्यापारीहरु यतिबेला अक्सीजन ब्यबस्थापनको अभियान संचालन गरे संगै सामाजिक अगुवा पनि सहयोग गरेको सामाजिक अभियान्ता तथा पत्रकार प्रकाश सिहंले बताएका छन ।
कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि अक्सिजन सिलिण्डर खदिर गरी जिल्ला अस्पताल बाजुरालाई दिने अभियान्ता सिहंले बताएका छन । उधमी मिजारले सबैले यस अभियानमा सामेल हुन आग्रह समेत गरेकी छन ।

चर्चामा

सम्बन्धित समाचार