• होमपेज
  • समाचार
  • कोरोना संक्रमणबाट काठमाडौं परिसरका डीएसपी केसीको निधन

कोरोना संक्रमणबाट काठमाडौं परिसरका डीएसपी केसीको निधन

  • बिहिबार, जेष्ठ ६, २०७८
कोरोना संक्रमणबाट काठमाडौं परिसरका डीएसपी केसीको निधन

काठमाडौं —  महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको छ ।

बिहीबार बिहान नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको नेपाल प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

उनी कागेश्वरी मनोहरा नगरपालिका मूलपानी स्थायी घर भएका व्यक्ति हुन् ।२ हप्ता अगाडि उनलाई संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।

उनी प्रहरी संगठन भित्र इमान्दार, दक्ष र कर्तव्यनिष्ठ प्रहरी अधिकारीको रुपमा चिनिन्छन् ।

चर्चामा

सम्बन्धित समाचार