बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • ईन्जीनियर ललित रावलले अक्सिजन ब्यबस्थापनका लागि सहयोग

ईन्जीनियर ललित रावलले अक्सिजन ब्यबस्थापनका लागि सहयोग

  • बुधबार, जेष्ठ ५, २०७८
ईन्जीनियर ललित रावलले अक्सिजन ब्यबस्थापनका लागि सहयोग

बाजुरा — बाजुराका युवा तथा ईन्जीनियर बुढिगंगा नगरपालिका ८ निबासी ललित रावलले जिल्ला अस्पताल बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि २ हजार १ सय रुपैँया सहयोग गरेका छन ।
ईन्जीनियर रावलले कोभिड १९ को प्रभाव संगै कोरोना संक्रमितलाई अक्सिजनको आबस्यक पर्ने र सोको अभाव बाजुराले झेलेको अबस्थामा आफ्नै जिल्लाका नागरिकहरुको सहयोगका लागि सानो सहयोग गरेको बताएका छन । जिल्लाका सामाजिक अभियान्ताको अभियान अन्तरगत अक्सिजन ब्यबस्थापनका लागि सानो सहयोग गरेको रावलले बताएका छन ।
कोरोना संक्रमणपछि धेरैलाई अक्सिजनको आबस्यकता रहेको भन्दै सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ताहरु यति बेला अक्सिजन ब्यबस्थापनका लागि अभियान संचालन गरे संगै ईन्जिीनियर रावलले सहयोग गरेको सामाजिक अभियान्ता तथा पत्रकार प्रकाश सिहंले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार