बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • कम्युनिष्ट राजनीति केका लागि ?

कम्युनिष्ट राजनीति केका लागि ?

  • बुधबार, जेष्ठ ५, २०७८
कम्युनिष्ट राजनीति केका लागि ?

सुरेशकुमार पान्डे।
राजनीतिलाई बुजुर्वाहरुले धर्मको नाउमा गर्छन सोर्ग नर्कको नाममा गर्छन जनतामा भ्रम दिएर आफुले सत्तामा आराम सँग ऐयासी गर्छन।त्यो प्रतिकृयावादीहरुको राजनीति दाउँपेच हो जो उनिहरुले सदियौँ देखि गर्दै आए र अहिले पनि गर्दै आएकाछन ।पुँजीवादी अर्थ ब्यबस्था भनेको धनीहरुले रजाई गर्ने गरिब र श्रमजीवीबर्गहरुको पसिना र रगतमा ऐयासि गर्ने ब्यबस्थानै हो।
प्रजातन्त्र,लोकतन्त्र,गणतन्त्र,यि सबै तन्त्रहरु पुँजीवाद अन्तरगत बयपछि के हुन्छ भने,पुँजितन्त्र हुन्छ।पैसाले जेपनि किन्न सकिन्छ।धनी र गरिबको बिचमा उस्तै राजनीतिक प्रतिसप्रधा भनेको गरिबको लागि हार र धनिको लागि विजयहो।यही देशको सम्रचनाभित्रको गुदीहो।जस्ले देशको सार्वभौम सत्ता आफ्नो मुट्ठिमा राखेको हुन्छ साथै यस्को बाट साम्राज्यावद अनमुख हुन्छ।यो ब्यबस्थाबाट श्रमजीवी बर्ग कहिलैपनि स्वतन्त्र हुनसक्तैन।धनीले नियम बनाउँछन र गरिबले कार्यान्वयन गर्छन।धनीले गरिबको ज्याला निर्धारित गर्छन र गरिबलाई कजाउँछन,किसानले गरेको उत्पादनको बस्तुमा धनीले मुल्य निर्धारित गर्छन,उनिहरु धनिहरुले बनाएको मापदण्डमा गरिब श्रमजीवी र किसान ज्यामिहरु सबैलाई चल्नुपर्छ।त्यसो भयको हुनाले उनिहरुको राजनीति बाट गरिबलाई नोक्सान र धनीको हितमा हुने भयकोले कार्ल मार्क्स र फ्रेडिरक एगेल्शले बर्गिय राजनीतिको एउटा खाका तैयार पारे त्यसैलाई कम्युनिष्ट राजनीति भन्दछन।कम्युनिष्ट पार्टी भै सकेपछि दुनिया भरीमा दुईवटा राजनीतिक धारहरु भए एउटा श्रमजीवीको प्रतिनिधित्व गर्ने राजनीतिक पार्टी जस्लाई कम्युनिष्ट भन्छौँ आर्को धनमानको प्रतिनिधित्व गर्ने प्रतिकृयावादी पुँजिवादी पार्टी।यति साफ हुँदा हुँदैपनि अहिले दुनियाभरीका देशहरुमा गरिबहरु र धनिहरुको पार्टीको रुपमा देखिएका फरक रजनीतिहरुलाई धनीले बर्ग समन्वयगरेर कम्युनिष्टलाई बद्नाम गर्न र कम्युनिष्टको लोगोलाई आफुले प्रयोग गर्दै आएकाछन।वास्तबिक अर्थमा भन्नुपर्दा कम्युनिष्टलाई बुझ्न स्वायम कम्युनिष्टभित्रैको बर्गलाई गारोभयकोछ।त्यो किनभयो भन्दा कम्युनिष्टलाई प्रतिकृयावादीहरुले आफ्नो हितमा ढाल्न कम्युनिष्को लोगो प्रयोग गरेकाछन।
परमपराको नाउँमा धर्मको नाउमा कम्युनिष्टलाई बद्नाम गर्न पुँजिवादीहरुले अप्नाएको प्रमुख हथियारहो।किनभने धर्म र परमपरा सामाज भित्रको एउटा रोगहो जसलाई प्रयोग गर्न सजिलोहुन्छ।त्यसकारणले कम्युनिष्टलाई सखाफ पार्न उनिहरुले कम्युनिष्टको झण्डालाई प्रयोग गर्दै त्यही झण्डाको तल बसेर रुढीवादी कृयाकलाप गर्न थाल्यो त्यसले कम्युनिष्ट मास्न सजिलो हुँनेभयो।
हामिले सदियौँ देखि अप्नाउँदै आएको परमपरालाई छोड्न त्यति सजिलो थिएन त्यो कुरालाई ध्यानमा राखेर कम्युनिष्टले त्यो अप्नाउँन मिल्छ भन्दिएपछि कम्युनिष्ट बन्न सजिलो हुँनेभयो।यो ब्यबहारले कम्युनिष्टले कम्युनिष्टकै खोल ओडेर कम्युनिष्टलाई सखाफ गर्न कति सजिलो भयो।आम जनतालाई कम्युनिष्ट बन्न सजिलो पनि भयो।हाम्रो देशमा अहिले कम्युनिष्टको बिउ भुट्टिदै गएको भन्नु यस्तै भएरहो।कम्युनिष्टले त जेगर्न पनि छुट रैछ कम्युनिष्ट हुनलाई अब आफुलाई बर्षौ आत्मात्याग गर्नु परेन,शंघर्ष गर्नु परेन,न परमपरा छाड्नु पय्रो न देवी देवता पुज्न छोड्नु पय्रो,न बर्गशंघर्ष सञ्चालन गर्नुपय्रो।केवल कम्युनिष्टको लोगो लाई छोपेर जनतामा भोटको राजनीति गर्नुपर्छ।आफुलाई कम्युनिष्ट बन्नकालागि,नजीवन र जगतको अध्यायन गर्नु पय्रो न कम्युनिष्टको घोषणा पत्र,पुँजी लगायत मालेमा लगायतका रचनाहरुको अध्यायन गर्नु पय्रो केवल जी हजूर भनेपछि पुग्यो।अबको कम्युनिष्ट भनेको रेडिमैन्ट कम्युनिष्ट पार्टी जे गरेपनि छुट हुने त्यस्तो राजनीतिक पार्टी र बुजुर्वा यानिकी प्रतिकृयावादी राजनीतिक पार्टीमा के फरक भयो त?मात्र नाम र लोगो ब्यबहार त उस्तैछ।
बुद्धको नीति धार्मिक होईन तर सच्चाई को पक्षमा शंघर्ष गर्नुहो त्यो सच्चाईको पक्षमा शंघर्ष गर्नु भन्दा बुद्धलाई भगुवान भनेर पुज्न सजिलो भयो।अब बुद्धका भक्तहरुले गुम्बा बनाउँने पुजागर्ने गरेपछि गौतम बुद्धको सच्चाईको हितमा शंघर्ष गर्नैपरेन,कतिसजिलो भयो।भोलिका दिनहरुमा कम्युनिष्ट भनौदाहरुले मालेमाको फोटामा फुलका माला लगाएर धुपबत्तिबालेर साँझ बिहानी पुजागर्न बेरछैन।किनभने मालेमाको बिचारधारालाई अगाल्न धेरै अपठ्यारो हुन्छ तर पुजागर्न त धेरै सजिलो हुन्छ।पुजागरेपछि कम्युनिष्ट त भैईहाल्यौँ क्रान्तिगर्न पर्दैन।आजको हाम्रो समाजको समस्याभनेको ठिक यस्तोछ।त्यसैले गर्दा संसोधनवादी दक्षिणपन्थि पार्टी ठुलो हुन्छ क्रान्तिकारी कम्युनिष्ट पार्टी पातलो हुँदैजान्छ।पार्टीले सहि नीति अगाल्नु भनेको कम्युनिष्टको बिउहो तर त्यो बिकास हुन नसक्नु भनेको आजको पुँजिवादी सामाजिक परिस्थितिहो भन्न सकिन्छ।आज साधारण मज्दुर सर्वहारा ब्याक्तिको मनोस्तितिमा धनीबन्ने रहरछ,मरेपछि स्वर्ग जाने रहरछ त्यही बर्गलाई भबिष्यमा क्रान्ति गर्ने करछ।त्यो बर्गले क्रान्तिकारी लगाम नछोप्दा समनि यस्तै अबस्था सर्जित भईराख्छ।

चर्चामा

सम्बन्धित समाचार