बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • फिचर
  • देश बिकासमा युवाको भूमिका

देश बिकासमा युवाको भूमिका

  • मङ्लबार, जेष्ठ ४, २०७८
देश बिकासमा युवाको भूमिका

युवालाई देशको लागि एउटा अत्यन्तै मेरुदण्डका रूपमा लिइन्छ।मनभरि आट साहस अनि तनमा जोस र जाँगर भरिएका र परि आएमा देशका लागि जस्तोसुकै योगदान दिन सक्ने सामर्थ्य राख्ने व्यक्ति नै युवा हुन् । WHO का अनुसार १६-४० वर्ष सम्मको समूहलाई युवाका रूपमा चिन्न सकिन्छ।
आजसम्मको इतिहासका पानाहरू पल्टाउँदै जाने हो भने प्रत्येक देशका सीमा रेखाहरू त्यहाँका युवाहरूका रगतबाट नै कोरिएका हुन्छन्।युवा राष्ट्र निर्माणको बोझलाई आफ्नो काँधमा धानेर एउटा सम्पन्न र समृद्ध राष्ट्र निर्माणको लागि पछि हट्दैनन्। देशको भौतिक,भौगोलिक र सांस्कृतिक सामाजिक अवस्थालाई विनाशको धरातलबाट विकासको चुचुरोसम्म कट्टरवादी सोचबाट उन्नति प्रिय बिचार धारणा तर्फ अनि विपन्नताको अँध्यारो बाट सम्पन्नताको उज्यालो तर्फ लैजानु देश विकास हो।
राष्ट्रका निम्ति गतिशील युवाहरूमा पहाड फोरेर हिरा निकाल्ने तथा समुन्द्रको गहिराइमा पुगेर मोती टिप्ने मात्र होइन आकाशका तारा ग्रह,उपग्रहको समेत विशेष अध्ययन गर्न सामर्थ्य हुनु पर्छ।तर हाम्रो देशका युवाहरू कमलको फूललाई चटक्क बिर्सेर विदेशको खाडीमा पैसाको बाडी आउँछ कि भन्ने आस लिएर बिदेसिएका हुन्छन्,आफै बाकस भित्र भरिएर आउँछन्।घरमा आमा,बुबा,श्रीमती अनि छोराछोरीका सपनाहरू केबल सपना मै सीमित हुन्छन् बिपनामा परिणत गर्न असम्भव हुन्छ।यदि बिदेसिएका सबै युवाहरूले स्वदेशमै बसेर केही काम गर्‍यो भने पक्कै पनि हाम्रो देशको उन्नति हुन धेरै टाढा छैन।
राष्ट्र निर्माणका लागि सबै युवाहरू एकजुट भएर अगाडि बढ्यो भने जस्तो सुकै पहाड जस्तोसुकै बाधा अर्चन र अप्ठ्यारा बाटाहरू आए पनि सजिलोसँग पन्छ्याएर देशलाई साँच्चिकै उन्नति र प्रगतिको बाटो तिर लम्काउन वा सफलताको शिखर सम्म पुगाउन सक्ने क्षमता नै युवाको हातमा हुन्छ। युवाहरू बलवान कट्ठोर भएर एक मुठी सास रहन सम्म देशको जिम्मेवारी बोध गरेका हुन्छन्। तर मलाई दुख लाग्दो आफ्नै देशमा आफ्नै बाझो जमिनलाई अन्नबाली फलाउन उपयुक्त गर्न नसक्ने बिदेसिएर आफ्नो रगत पसिना चुहाउँछ जस्तोसुकै काम गर्न पनि पछि पर्दैनन्।अरूको देशको दासी भएर काम गर्छन् अरूको मजदुरी भएर आफ्नो जीविकोपार्जन चलाउछ्न।
हामी जस्तो युवाहरूले देशले मलाई के दियो होइन मैले देशलाई के दिए भन्ने भावनाबाट प्रेरित भई युवाहरूले आफ्ना सिर्जनाका सुन्दर उपहार एक जोडी हात क्रमबद्धमा अविरल रूपमा अबि गर्ने एक जोडी पाउ अनि नृत्य निरन्तर हामी कुरा चिन्तन गर्ने उर्वर मस्तिष्कले सफलताको जस्तोसुकै द्वार खोल्न सक्छन् ।आफ्नो राष्ट्रका लागि आइपरे आफ्नो ज्यान नै खुकुरीको धारमा राखेर अगाडि बड्छ्न ताकी आफूमा भएको वीरता लाई मर्न दिदैनन र उच्च मान र सम्मानलाई कहिल्यै पन्छ्याउन सदैव अगाडि बढी रहन्छन्।
नेपोलिएनको जस्तो साहस,बुद्धको जस्तो त्याग अनि आवश्यक परेमा हिटलरको जस्तो क्रुरता युवाहरूले आत्मसात् गरेका हुन्छन् तर विडम्बना नेपाली युवाहरू राष्ट्र प्रतिको अमित माया र स्नेहलाई मनै गुम्स्याएर आफ्नो श्रम र पसिना बेच्न विवश भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार