बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • नेकपा माओबादी नेता शाही कोरोना सम्बन्धी सचेतना दिन गाउँ गाउँमा

नेकपा माओबादी नेता शाही कोरोना सम्बन्धी सचेतना दिन गाउँ गाउँमा

  • मङ्लबार, जेष्ठ ४, २०७८
नेकपा माओबादी नेता शाही कोरोना सम्बन्धी सचेतना दिन गाउँ गाउँमा

बाजुरा — कोरोना भाइरसबाट बच्न र बचाउनुपर्ने सबैको भुमिका रहने भन्दै नेकपा माओबादी नेता महेश शाहीले गाउँमा जनचेतनामुलक कार्य गरिरहेका छन । उनले जगन्नाथ गाउँपालिका -३ मनिकाँडामा स्वास्थ्य सरसफाई तथा मास्क बितरण कार्य गरिरहेका छन ।
गाउँमा २५ जनामा कोरोना परिक्षण गर्दा १६ जनामा पोजेटिभ रिपोर्ट आएपछि गाउँका अन्य नागरिकहरुको सुरक्षाका लागि गाउँमा सो कार्य गर्दै आएको शाहीले बताएका छन ।
ब्यक्तिगत तर्फबाट कतै घरदैलो गरेर र कतै स्वयंसेवक मार्फत विभिन्न टोलमा माक्र्स बितरण, सरसफाई सम्बन्धी पोष्टर टास्ने काम गरियो नेता शाहीले भने ।

May be an image of one or more people, people standing and outdoors
केही स्थानमा कोरोना सचेतना जानकारी का पर्चा टाँस्ने काम गरियो । यो प्रक्रिया केही दिन सम्म चल्ने छ । वडाभरि १ हजार जनालाई माक्र्स बितरण गर्ने र २० स्थानमा सचेतना पर्चा टाँस्ने, सचेतना कार्यक्रम र बिरामीहरुलाई सहजिकरणका लागि सहयोगी भूमिका खेल्ने कार्यमा लागिरहेको नेता शाहीले बताएका छन ।
यतिबेला जिल्ला लकडाउन भएकोले गाउँमा कोरोनाबाट बँच्न र बचाउन सबै नागरिकको उत्तिकै भुमीका रहने भएकोले गाउँमा खाली बस्नु भन्दा सचेतनाका कामहरु गरे नागरिकको ज्यान जोगिन्छ भन्ने उदेस्यका साथ सो कार्यमा लागेको उनले बताए । नेता शाही नेता मात्र नभएर सामाजिक कार्यमा पनि लाग्ने गरेको एक स्थानीयले बताएका छन ।

May be an image of child, standing, sitting, outdoors and text that says 'REDMI NOTE AI QUAD CAMERA 000'
नागरिकको रक्षाका लागि यस्तो समयमा मास्क सेनिटाइजर ल्याएर गाउँमा नेता आएको देख्दा हामी खुसी भएका  त्यहाका स्थानीयको भनाई रहेको छ ।
भोट माग्ने बेला मात्र नभई समस्या र संकटका बेला यति सहयोग गर्नु महान कार्य हो स्थानीयको भनाई रहेको छ । स्थिति जटिल र चुनाैतिपुर्ण देखिएकाेले  काेराेना रिपोर्ट पछि जिल्ला प्रसासन कार्यालय,जिल्ला जनस्वास्थ्य कार्यालयलाई जानकारी सहित आबश्यक सहयोगका लागी अनुरोध गरेको नेता शाहीले बताएका छन ।

यस्ताे  अबस्थामा स्थानीय देखि केन्द्र सरकार र सम्पुर्ण सराेकारवाला सम्म आबश्यक सहयोगका साथै समुदाय र सँक्रमितहरुले स्व अनुसासन, उचित खानपान , आबश्यक सचेतता तथा उच्च मनाेबल सहितको सामुहिक प्रयासले नै जीवन सुरक्षित रहने रहने बताए । आ-आफ्नो गक्ष अनुसारकाे सहयोग गर्नु, सकारात्मक साेचाई राख्नु र सकारात्मक व्यवहार प्रदर्शन गर्नु नै मानवीय धर्म रहेकाे उनकाे भनाइ रहेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार