शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • बम राख्दै गरेका तालिबानी लडाकुको विस्फोटमा मृत्यु

बम राख्दै गरेका तालिबानी लडाकुको विस्फोटमा मृत्यु

  • सोमवार, जेष्ठ ३, २०७८
बम राख्दै गरेका तालिबानी लडाकुको विस्फोटमा मृत्यु

अफगानिस्तान — सोमबार बिहान अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको एक सडकमा बम राख्दै गरेका तालिवानी लडाकूको सोही बम विस्फोटमा परेर मृत्यु भएको छ ।

उक्त प्रान्तका सुरक्षा अधिकारीले सो जानकारी दिएका छन् । उनका अनुसार सो सडकको छेउमा तीन जना तालिबानी लडाकूले बम राख्दै गरेका थिए ।

अफगानिस्तानमा तालिबानी लडाकूहरुले सडकको छेउमा लुकाइ छिपाइ बम राख्ने र यसको विस्फोट गराएर सर्वसाधारणको ज्यान लिने गरेका छन् । तर, आज भने उनीहरुले बम राखेर भाग्दै गर्दा अकस्मात बम विस्फोट भएपछि बम राख्नेमध्येका तीन जनाको ज्यान गएको बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार