शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • वडाअध्यक्ष रावलले कोरोना संक्रमित बिरामीलाई आफै गाडि चलाएर बोक्दै

वडाअध्यक्ष रावलले कोरोना संक्रमित बिरामीलाई आफै गाडि चलाएर बोक्दै

  • आइतवार, जेष्ठ २, २०७८
वडाअध्यक्ष रावलले कोरोना संक्रमित बिरामीलाई आफै गाडि चलाएर बोक्दै

बाजुरा — बडिमालिका नगरपालिका ८ का वडा अध्यक्ष प्रकाश रावलले कोरोना संक्रमित बिरामीलाई बोक्ने गरेका छन् । डाइभर कोही नपाएपछि आफै कोरोना संक्रमित बिरामीलाई बोक्ने गरेका छन् ।
वडाअध्यक्ष रावलले जिल्ला अस्पताल बाजुराले डडेल्धुरा रिफर गरेका कोरोना संक्रमित बिरामीलाई आफै चलाएर डडेल्धुरा लगेका छन् । जिल्ला अस्पताल बाजुरामा थप जटिल भएको भन्दै एकजना कोरोना संक्रमितलाई अस्पतालले रिफर गरेको थियो ।
बडिमालिका नगरपालिकाले भाडामा लिएको गाडिमा संक्रमितलाई अध्यक्षले चलाए लगेका छन् । नगरपालिकाको डाइभर बिरामी भएकाले अर्को डाइभर खोजेका थिए । अरु डाइभर कसैले जान नमानेपछि वडा अध्यक्ष रावलले आफै गाडि चलाएर बिरामीलाई लगेका छन् । वडा अध्यक्ष रावलले भने यो बेला सक्नेजति सेवा गर्ने हो, कोही डाइभर जान नमानेपछि आफै गएको वताएका छन् । संकटको बेला सेवा गर्नुनै मानवता रहेको वताए । नेपालि काँग्रेसका युवा नेता ताल बहादुर रावतले भने याे संकटकाे बेला वडाअध्यक्षले गरेकाे काम महान रहेकाे वताए ।
अस्पताल बाजुराका डा. दिप्रेन्द्र बुढाले भने यहाँ अक्सिजनको मात्र कम भएको र बिरामी निमोनियाले शिकिस्त बनाएकोले बिरामी रिफर गरेको वताए । उनलाई आइसियु र भेन्टिलेरटरको आबश्यक पर्ने भएकाले रिफर गरेको साउदले वताए । अस्पताल बाजुरा र सदरमुकाम मार्तडीमा एम्बुलेन्स नहुदा बिरामीलाई प्राइभेट गाडिमा बोक्ने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार