शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • शनिबार सुदूरपश्चिममा थप ७७४ जनामा कोरोना पुस्टि, १६ जनाको मृत्यु, १४९ जना निको भए

शनिबार सुदूरपश्चिममा थप ७७४ जनामा कोरोना पुस्टि, १६ जनाको मृत्यु, १४९ जना निको भए

  • शनिबार, जेष्ठ १, २०७८
शनिबार सुदूरपश्चिममा थप ७७४ जनामा कोरोना पुस्टि, १६ जनाको मृत्यु, १४९ जना निको भए

धनगढी– शनिबार सुदूरपश्चिम प्रदेशका ४ वटा प्रयोगशालामा ११९९ नमूना पीसीआर तथा ३०० नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन्।

पछिल्लो २४ घण्टामा दुवै विधिबाट गरेर कूल १४९९ नमूना परीक्षण गर्दा ७७४ जनाको रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ। एक हजार १ सय ९९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ७१७ जना संक्रमित भेटिएका छन् भने, ३०० जनाको ऐन्टिजेन विधिबाट परीक्षण गर्दा ५७ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, डडेल्धुरा अस्पताल र जिल्ला अस्पताल बझाङको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १५७६ जनाको नमूना परिक्षण गर्दा थप ८७५ जनामा संक्रमण पुस्टि भएको निर्देशनालयले जनाएको छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ८४६ नमूना परीक्षण गर्दा ५५५ जना, महाकाली अस्पतालमा १०३ नमूना परीक्षण गर्दा ७२ जना, डडेल्धुरा अस्पतालमा १०४ जनाको नमूना परीक्षण गर्दा ४० जना र जिल्ला अस्पताल बझाङमा १४६ जनाको नमूना परीक्षण गर्दा ५० जनामा कोरोना संक्रमण पुस्टि भएको हो।

हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा १ लाख ९४ हजार ७३७ नमूना परीक्षण गर्दा २९ हजार २०८ जनामा संक्रमण पुस्टि भएको छ। प्रदेशभर संक्रमण पुस्टि भएका १६ हजार ३ जनाले कोरोना जितेका छन्, भने ३३३ जनाको मृत्यु भएको छ। सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने, १४९ जना संक्रमित निको भएका छन्।

पछिल्लो २४ घण्टामा कैलालीका ९ जना, कञ्चनपुरका ४ जना, त्यस्तै बैतडी, बझाङ र डोटी गरी १/१ जना गरी कूल १६ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार