सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • जेठ २ गतेबाट भेरोसेल खोप अभियान सञ्चालन हुने

जेठ २ गतेबाट भेरोसेल खोप अभियान सञ्चालन हुने

  • मङ्लबार, बैशाख २८, २०७८
जेठ २ गतेबाट भेरोसेल खोप अभियान सञ्चालन हुने

कोरोनाविरुद्धको चिनियाँ भेरोसेल खोपको दोस्रो डोज जेठ दुई गतेबाट सुरु हुने भएको छ । काठमाडौँ जिल्लामा कोरोनाविरुद्धको दोस्रो चरणको चिनियाँ भेरोसेल खोप सञ्चालन गर्न तयारी थाल्नका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौँले अनुरोध गरेको छ । सबैभन्दा अघिल्लो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप केन्द्र अत्याधिक भिडभाड भएको भन्दै स्थगित गरेको थियो ।

काठमाडौं उपत्यकामा दोस्रो चरणको भेरोसेल खोप अभियान सञ्चालनका लागि सबै वडा कार्यालयमा एक हप्ताका लागि निश्चित समय तोक्न, भीडभाड हुन नदिन र कुपन वितरण व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

खोप अभियान सञ्चालनका क्रममा सुरक्षाको व्यवस्था जिल्ला प्रशासन कार्यालयले मिलाउने छ ।

चर्चामा

सम्बन्धित समाचार