शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • महलमा बस्ने ऊ भन्दै थियो मलाई

महलमा बस्ने ऊ भन्दै थियो मलाई

  • शनिबार, बैशाख २५, २०७८
महलमा बस्ने ऊ भन्दै थियो मलाई

तिम्रो खुशीको संसार भाग्यमानी रहेछ ।
तिम्रो जिउने आधार भाग्यमानी रहेछ ।।

म आफैलाई लाग्छ त्यो परिश्रमी मै हुँ,
दु:खमा जोडें हजार भाग्यमानी रहेछ ।।

दिन-रात नभनी खटीरहें जोहो गर्न,
त्यही त मेरो हतार भाग्यमानी रहेछ ।।

छिमेकी कोही हुन्न खेलो ब्यापार हुन्छ,
सोझा ठग्ने त्यो बजार भाग्यमानी रहेछ ।।

महलमा बस्ने ऊ भन्दै थियो मलाई,
तिम्रो फुटेको निधार भाग्यमानी रहेछ ।।

चर्चामा

सम्बन्धित समाचार