शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • किन यस्तो हुँदैछ!

किन यस्तो हुँदैछ!

  • शुक्रबार, बैशाख २४, २०७८
किन यस्तो हुँदैछ!

हुँन त पुँजीवादी राज्या ब्यबस्था भनेको कात्रो चोरेर भयपनि पैसा कमाउँने ब्यबस्थाहो रैछ।लाश पोल्नलाई दाउरा किन्न दिएको रुपिया लाशलाई खोलामा बगाएर त्यो रकमम जिप्टाएको समाचार केहिबर्ष पहिले भारतमा खुब चर्चामा आएको थियो।यस्ता घटना त कयौँ हुँदै आएकाछन,
छिमेकको एउटा प्रान्त उत्ताराञ्चलको एकपटकको घटना बाहिर आएको थियो।जतिबेला जनतालाई समस्या पर्छ त्यो बेला मौका ढुकेर बसेकाहरुले रुपियाकमाउने गर्छन।नेपालमा भुईचाल आएको बेला,बिदेशबाट चन्दा उठाएर सामाजिक संगठनले पठाएको पनि जिप्टाउँने,जस्ता पातमा पनि घोटाला गर्ने गरेकै हुँन।अहिले कोरोनाको देशमा कहर ढाएकोछ दिनौ सयौँ मान्छेहरु मरेकाछन हजारौँ यसको प्रकोपमा परेकाछन।डाक्ट्र नर्शहरुले दिन रात नभनि आफ्नो ज्यानलाई दाउँमा राखेर जनताको सेवामा खटेकाछन।कतिपय समाजिक ब्याक्तित्वहरुले मरिजको लागि आफुले सकेको सेवा गरेकाछन।मरिजहरु ओसार पसार गर्न गाडि कसैले आँक्सिजनको लागि सहयोग गरेकाछन।शिक्षा दिने सहयोग गर्ने सोशिल मिडियाहरुमा ज्ञानका शब्दहरु लेखेर वा बोलेर जनतालाई सचेत गर्दै होशला पर्दान गरिरहेकाछन।पत्रकार मिडियाहरुले लगातार आई परेका समाचारहरु प्रेशित गर्दै आएकाछन।तर यस्तो भयभाब अबस्थामा पनि सरकारले केही ओपचारिकताको समेत बिचार गर्न,जनतालाई राहत दिन सकिन।बरु प्रधान मन्त्रीले कोरोना केहिपनि होईन नाकमा आउँछ नाक सफागरे जान्छ फेरि आउँछ साफगर्नुश जान्छ भनेर ठट्टा गर्छन,अर्का गृह मन्त्रीले आर्थिक भन्दा स्वास्थय ठुलो होईन जस्ता गैर जिम्मेदाराना बिचार ब्याक्त गर्छन।यति बेला उनिहरुलाई सरकार बनाउँने मन्त्री बनाउँने सॉसद खरिद गर्ने जस्ता घृणित कार्याहरुका लागि राज्यसो रित्ताउँने भयकाछन।यो पनि ठुलो अप्राधनै हो यसलाई रोक्नु पर्छ।
अहिले त झनै गम्भिर आर्को बिषय खुल्न आएकोछ।त्यो भारतबाट ल्याउँने पचास लाख डोज खोप खरिदमा ३२करोड४३लाखको कमिसन नदिएर खोप अड्किएका कुराहरु मिडियामा आएकाछन।यसरी सरकारकै रोहबरमा बिचौलिया दलालहरु बाट यो कमिशनको खेल भयको प्रमाणित हुन्छ।कमिशनको लागि तिनकरोड नेपालीहरुको जिवन सँग खेलबाड गरिएको कुराहरु प्रकासमा आएकोछ।यो एक प्रकारले नेपाली जनताहरुको भबिस्य सँग खेलवाड गरेकै हो।यस्ता अप्राधीहरुलाई कस्ले नियन्तरण गर्ने जसलाई स्वायम सरकारले काखी च्यापेकोछ।हाम्रो देशमा यस्तो किन हुँदैछ?आखिर यो ब्यबहारले हामिलाई कुन ठाउमा पुराउँछ?त्यसमाथि गम्भिर बन्नु पर्छ हामिहरुलाई।
आखिर हाम्रो भबिस्य सँग हाम्रो राष्ट्र सँग खेलवाड किन हुँदैछ?त्यो पनि सरकारको रोहबरमा यो देशलाई कँहा पुराउँदैछन यि ठुला पार्टीका नेता भनौदाले।पहिले कम्युनिष्ट क्रान्तिकारी कथाहरु सुनाएर देशमा हजारौँ होनहार नागरिकलाई मराए,शहिदको खेतिनै गरे।अनि उनैको लाशमाथि चडेर साम्राज्यावादी शक्ति सँग सम्झौता गरे परिणाम बर्गिय शंघर्श को लाईनलाई जातियतामा परिवर्तन गराएर देशमा जायिय द्वौन्द श्रृतित गरे।संघियता जस्तो देशलाई नै टुक्रा-टुक्रामा बाँटेर क्षेत्रिय लडाई सुरु गराए।एउटा देशमा आठौटा राजधानी नौवटा संसद अनि आठौटा सरकार बनाएर देशलाई नाङ्गेझार पारे।
अहिले अमेरिकन साम्राज्यवादलाई देशभित्राउँन कसरत गरेकाछन।एम सीसीलाई पारित गराउँन संसद समेतलाई बिघटन गराएका हुँन।देशमा आपतकाल जस्तो अबस्था श्रृजित भयकोछ तर सरकारलाई त्यसको कुनै मतलब छैन।निकम्मा सरकारले गर्दा बेदेशमा मज्दुरी गर्न गयका नागरिकहरु धमाधम मरेकाछन।त्यसको बारेमा सरकार एउटा शब्द बोल्दैन किन?त्यो बिदेशमा गयका नागरिक यो देशका सन्तान होईनन्?भोट लिने बेला बिदेशबाट आएर जिताएर जान्छन उनै शन्तानको कुनै खोज खबरछैन।यो भन्दा ठुलो बिड्मबना अरु के हुँन सक्छ।यस्तो भयभाव अबस्थामा पनि सरकार बनाउँने र बिगार्ने खेलमा लागेका तमाम नेताहरु अप्राधिनै हुँन भन्दा अप्रसाशंगिक नहोला।देश र जनताको यो दर्दनाक अबस्तथामा आफ्ना कुबिचार र कुनियतका पाखण्डिहरु देश र जनताका दुश्मन नै हुँन।
एम सीसीको रकम ल्याउँनु भन्दा संघियता लाई खारेज गर्ने र देशमा राष्ट्रीयकोषमा आउँन बाँकि रकमलाई ल्याउँन सकिन्छ भने देशको बिकाश हुँन्छ र देशले निकाश पाउँछ,देश आत्मा निर्भर हुनसक्छ।सरकार जुन सुकैको भयपनि राष्ट्रीयता जनतनत्र र जनजीवीकाको लागि अगाडी बढ्नु पर्छ।अन्याथा जनताले फेरी तेस्रो र शक्तिशालि आन्दोलन गरेभने त्यो जनहुकारले यि सबैलाई देशबाटनै पाखा लगाउँन बेर लाग्नेछैन।

चर्चामा

सम्बन्धित समाचार