शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाढीले साँफे–मार्तडी सडक खण्ड अवरुद्ध, बडिमालिका ४ रिलामा एक पसल बगायो

बाढीले साँफे–मार्तडी सडक खण्ड अवरुद्ध, बडिमालिका ४ रिलामा एक पसल बगायो

  • बिहिबार, बैशाख २३, २०७८
बाढीले साँफे–मार्तडी सडक खण्ड अवरुद्ध, बडिमालिका ४ रिलामा एक पसल बगायो

बाजुरा —  बिहिबार दिउसाेँ जिल्लाका विभिन्न क्षेत्रमा परेको अविरल बर्षासंगैको जिल्लाका बिभिन्न ठाउँमा क्षेती पुर्याएकाे छ । जिल्लाकाे दक्षिणी क्षेत्रमा परेकाे पानीका कारण साँफे–मार्तडी सडक खण्ड अवरुद्ध भएको छ । जिल्लाको बुढीगंगा नगरपालिका  २ स्थित ताप्रीसेरा घट्टे खोलामा आएको बाढीका कारण साँफे–मार्तडी सडक खण्ड अवरुद्ध भएको हो । केही दिनदेखीकाे निरन्तर वर्षाका कारण बाजुराका विभिन्न स्थानमा ठुलो मात्रमा क्षति पुर्याएको छ । बिहिवार दिउसो बुढीगंगा नगरपालिकाको घट्टे खोलामा आएको बाढीले सडक भत्काएपछि साँफे–मार्तडी सडक खण्ड पूर्ण रुपमा अवरुद्ध बनेको छ ।

उक्त बाढीले स्थानीयको २५ रोपनीमा लगाएतको गहुँबाली समेतलाई बगरमा परिणत गरिदिएको छ । २५ रोपनी जमिनमा गहु बाली लगाएकाे  थियो । गहुँ बालीसहित जमिन नै बगरमा परिणत गरपछि स्थानीय चिन्तित बनेका छन् । एकातिर कोरोना भाइरसले गर्दा संकट उत्पन्न भएको छ भने त्यसैमा पनि बाढीले पाक्नै लागेको गहुसहित जमिन बगरमा परिणत गरपछि भोकमरीको चिन्ताले पीरलो पारेको त्यहाँका स्थानियले दुखेसो  गरेका छन् ।

वर्षाले जिल्लाका विभिन्न स्थानहरुमा हिउँदे बाली नष्ट पारिदिएको छ । कतै असिनाले नष्ट पार्यो त कतै बाढीले । यसले गर्दा जनतालाई भोकमरीको चिन्ता बढ्न थालेको छ । गहु बाली भित्र्याउने समयमा बाढी र असिना पानीले नष्ट गरेपछि वर्षभरी के खाने र यस्तो संकटमा कसरी बाच्ने भन्ने चिन्तामा स्थानीय छन् । यस्तै बाढीले साँफे–मार्तडी सडक अवरुद्ध बनेपछि खाद्यान्न तथा अत्यावश्यक सवारी साधन दुबैतर्फी ठप्प भएका छन् ।

बाढीले सडक भत्काएपछि दुबैतर्फीका सवारी साधन आवत जावत बन्द भएको बताईएको छ । विभिन्न स्थानका सडक अवरुद्ध बनेपछि विरामीलाई थप समस्या भएको स्थानीयले बताएका छन् । बुधबार मात्र वर्षाले मार्तडी–गौमुल सडक अवरुद्ध भएको छ । विश्वम परिस्थिसतमा बाजुरामा एक संकट कोरोनाको छ भने अर्को संकट फेरी उत्पन्न हुन थालेको छ ।

बाढीले एक पसल बगायो, एक बालिका घाइते
बिहिवार दिउसो परेको अविरल बर्षाका कारण बडिमालिका नगरपालिका ४ रिलामा एक पसल बगाएको छ । रिला गाउँ नजिकै रहेको खहरे खोलामा आएको बाढीले स्थानिय टिका नाथको पसल बगाएर लाखौंको क्षेती भएको स्थानिय नरेन्द्र नाथले जानकारी दिएका छन् । बाढीका कारण १३ बर्षकी निर्मला ल्वार गम्भिर घाइते भएको र अन्य केहि व्यक्ति सामान्य व्यक्ति घाइते भएको नरेन्द्र नाथले बताएको छ ।

दिउसोको समयमा आएको बाढीका कारण पसलसंगै एक घरछाना, बिर्केसे ओखेडका ३, रुद्र ओखेडका ३ बाख्रा लगाएत दर्जन बाख्रा वेपत्ता भएका छने केहि गोरु, गाई पुरिएको अवस्थामा फेला परेको बताएको छ । बाढीका कारण सामान्य घाइते बाहेक अन्य मानविय क्षेती नएको स्थानिय नाथले बताएका छन्

चर्चामा

सम्बन्धित समाचार