मङ्लबार, असार १, २०७८
  • होमपेज
  • विचित्र संसार
  • २५ वर्षीया महिलाले जन्माइन् एकैपटक ९ बच्चा

२५ वर्षीया महिलाले जन्माइन् एकैपटक ९ बच्चा

  • बिहिबार, बैशाख २३, २०७८
२५ वर्षीया महिलाले जन्माइन् एकैपटक ९ बच्चा

एजेन्सी– मालीकी एक २५ वर्षीया महिलाले एकैपटक ९ वटा बच्चालाई जन्मदिएकी छिन्।

हालिमा सिसे नामकी ती महिलाले मोरक्कोमा बच्चाहरु जन्माएकी हुन्। मालीको सरकारले विशेष हेरचाहका लागि उनलाई मोरक्कोको अस्पतालमा लगेको थियो।

उनका पतिले आफू निकै खुशी भएको बीबीसीलाई बताएका छन्। सबै बच्चाहरु सकुशल रहेको पनि उनले जानकारी दिएका छन्। ९ बच्चाहरुमा ५ जना छोरी र ४ जना छोरा रहेका छन्।

विगतमा सन् २००९ मा अमेरिकामा एकजना महिलाले ८ वटा बच्चा जन्माएर गिनिज बुकमा नाम दर्ता गराएकी थिइन्।

चर्चामा

सम्बन्धित समाचार