शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • बाजुरा : स्वास्थ्यकर्मी घरमै पुुगेर कोभिड जाँच र बिरामीलाई उपचार तथा परामर्श गर्दै

बाजुरा : स्वास्थ्यकर्मी घरमै पुुगेर कोभिड जाँच र बिरामीलाई उपचार तथा परामर्श गर्दै

  • बुधबार, बैशाख २२, २०७८
बाजुरा : स्वास्थ्यकर्मी घरमै पुुगेर कोभिड जाँच र बिरामीलाई उपचार तथा परामर्श गर्दै

बाजुरा–बाजुरामा पनि कोरोनाको दोस्रो लहर दिनप्रदिन बढिरहेको छ । कोरोना संक्रमित दिनप्रदिन बढदै गएपछि बाजुरामा स्वास्थ्यकर्मी घरमै पुुगेर कोभिड जाँच सँगै उपचार तथा परामर्श दिइरहेको स्वास्थ्य कार्यलय बाजुराका निमित्त कार्यलय प्रमुख महेश चन्दले वताएका छन् ।
मंगलवार सम्म बाजुरामा ९७ जना कोरोना संक्रमित रहेका छन् । ति मध्ये ४ जना मात्र जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचार गरिरहेका छन् । ७४ जना होम आइसोलेनसमा र २३ जना संक्रमित स्थानिय तहले बनाएको आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानिमा रहेका छन् । गाउँ गाउँमा कोभिड फैलिएपछि स्वास्थ्य कार्यलय बाजुराले एन्टिजेन जाँच घरमै पुुगेर जाँच गरिरहेको छ ।
बाजुराको दुुर्गम हिमाली गाउँपालिका ५ कवाडीमा जिल्ला स्वास्थ्य कार्यलय बाजुराले चिकित्सक सहित स्वास्थ्यकर्मी टोली पठाएर घरमै पुुगेर कोभिड जाँच तथा उपचार गरेको छ । अस्पताल बाजुरामा कार्यरत डा. दिप्रेन्द्र बुढा, स्वास्थ्य कार्यलय बाजुरामा कार्यरत ल्याब टेक्निसियम रतन बुढा र जगत शाहि कवाडी गाउँमा पुुगेर चेकजाँच सहित उपचार तथा परामर्श दिएको थियो । हिमाली गाउँपालिकामा कोरोना भाइरसको संक्रमण फैलिएपछि स्वास्थ्यकर्मीको टोलि गाउँमा पुुगेको थियो ।
हिमाली गाउँपालिकामा पुुगेको चिकित्सकको टोलिले कोरोना संक्रमितलाई उपचार सँगै परामर्श दिएको थियो । संक्रमित सबैको स्वास्थ्य अबस्था सामान्य रहेको स्वास्थ्यकर्मीले वताएका छन् । हिमाली गाउँपालिकामा पहिलो चरणको कोरोना भाइरस संक्रमणका बेला एकजना पनि संक्रमित भेटिएको थिएन् । अहिले हिमाली गाउँपालिकामा २० जना कोरोना संक्रमित रहेका छन् ।
स्वास्थ्यकर्मीले कोरोना संक्रमितलाई टेलिफोन तथा प्रत्यक्ष भेटभाट मार्फत उपचार र परामर्श दिइरहेका छन् । बडिमालिका नगरपालिका स्वास्थ्य संयोजक टेक बहादुर खड्काले भने दैनिक होम आइसोलेसनमा बसेका बिरामीको स्वास्थ्य अबस्था टेलिफोन बाट बुुझ्ने गरेको वताए । फोन मार्फत परामर्श दिने काम भइरहेको वताए । जटिल भएमा अस्पताल आउन आग्रह गर्ने गरेको खड्काले वताए ।
प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले भने कोरोना संक्रमित दिनप्रदिन बढिरहेको बेला स्वास्थ्यकर्मीले साहसपुणर्का साथ कोरोना संक्रमित बिरामीको चकेजाँच र उपचार गरिरहेको वताए । जिल्लामा जोखिम बढन नदिनका लागि जिल्ला निषेधज्ञा गरिएको छ, स्वास्थ्यकर्मी लगायत सबै सक्रिय रुपमा नियन्त्रणमा लागि रहेको अधिकारीले वताए । उपचार सँगै मनोपरामर्श पनि अति आबश्यक रहेको अधिकारीले वताए । संक्रमितको मनोबल कम गर्ने काम कसैलाई पनि नर्गन प्रजिअ अधिकारीले आग्रह गरेका छन् । जिल्लाका चार वटा कोभिड अस्पताल रहेका छन् भने ६५ वटा आइसोलेसन वेड रहेका छन् । जिल्ला अस्पताल बाजुरामा २ वटा भेन्टिलेटर सहित आइसियु वेड रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार