बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट, १५ गुणा बढी खतरनाक

भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट, १५ गुणा बढी खतरनाक

  • बुधबार, बैशाख २२, २०७८
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट, १५ गुणा बढी खतरनाक

एजेन्सी — कोरोनाभाइरसको दोस्रो लहरका कारण छिमेकी मुलुक भारतको स्वास्थ्य ब्यवस्थापनको अवस्था अस्तब्यस्त बनेको छ । त्यहाँ संक्रमण र मृत्यु दर तीव्र बनेको छ । यहीबीच भारतबाट अर्को डरलाग्दो समाचार आएको छ ।

भारतमा पुनः कोरोना भाइरसको नयाँ स्ट्रेन फेला परेको छ । यसलाई एपी स्ट्रेन नाम दिइएको छ । यो भारतको आन्ध्र प्रदेशमा भेटिएको नयाँ कोरोनाभाइरस हो । यसलाई त्यहाँको सेन्टर फर सेल्यूलर एन्ड मलिक्युलर बायोलोजीले एन ४४० के नाम दिएको छ ।

कोरोनाको यो स्ट्रेन यसअघिकोभन्दा १५ गुणा बढी खतरनाक भएको बातइएको छ । कोरोना भाइरसको यो नयाँ भेरियन्टले संक्रमित विरामीलाई ३/४ दिनमै हाइपोक्सिया या डिस्पनियाको शिकार बनाउँछ । अर्थात संक्रमित विरामीको शरीरको अक्सिजन ३/४ दिनमै अत्यन्तै न्युन बनाउँछ ।

यस अवस्थामा फोक्सोले काम गर्न छाड्छ । यो अवस्था भनेको अत्यन्तै चिन्ताजनक अवस्था हो । यस बेला विरामीलाई उचित उपचार गर्न नसके विरामीको मृत्यु निश्चित हुन्छ ।

अहिलेसम्म दक्षिण भारतमा मात्रै विभिन्न पाँच प्रकारका कोरोना भेरियन्टहरु फेला परेको भारतीय सञ्चार माध्यम दैनिक भास्करले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार