शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा २२ गते देखी ३१ गते सम्मका लागि निषेधाज्ञा जारी

बाजुरामा २२ गते देखी ३१ गते सम्मका लागि निषेधाज्ञा जारी

  • सोमवार, बैशाख २०, २०७८
बाजुरामा २२ गते देखी ३१ गते सम्मका लागि निषेधाज्ञा जारी

बाजुरा —  बाजुरा जिल्लामा दिन प्रतिदिन कोरोना तिब्र रुपमा फैलिरहेको छ । कोरोना भाइरस फैलिदै गएपछि जिल्ला प्रशासन कार्यलय बाजुराले बाजुरामा निषेधाज्ञा जारि गर्ने प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले वताएका छन् ।
कोरोना भाईरस महामारीका कारण जोखीम बढ्दै गएकोले कोभिड १९ संकट ब्यबस्थापन समितिको निणर्अनुसार बाजुरामा पनि निषेधाज्ञा जारी गर्ने निणर्य गरेको हो । बैशाख २२ गते बिहान ५ बजेदेखी लागु हुने गरी ३१ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गर्ने निणर्य गरिएको सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले बताएका छन ।
सर्बसाधारण सबैले अत्याआबश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह समेत गरेका छ । एम्बुलेन्स बिरामी तथा कुरुवा लगायत ३ जना मात्र एम्बुलेन्समा जान पाउने समेत निणर्य गरेको छ । खाद्य साम्रगी, तथा पशुपन्छीको दाना तरकारी फलफुल दुग्ध पदार्थ माछा माशु पानी ग्याँस तथा प्रेटोलियम पदार्थ बोकेका सवारी साधानहरु भने कोभिड १९ भाइरस बाट बच्ने सुरक्षा साम्रागि प्रयोग गरेर सञ्चालन गर्न दिने प्रशासनले जनाएको छ ।
चिकित्सकहरुले आउने जाने सवारी साधान अत्याआबस्यक सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी सवारी साधानहरु बाहेकका बाजुरा जिल्ला भित्र संचालन हुने यात्रुबाहक सार्बजनिक तथा निजि सवारी साधानहरु संचालन गर्न नपाउने निणर्य गरेको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले जानकारी दिएका छन । त्यसै गरी खाद्य साम्रगी, तथा पशुपन्छीको दाना तरकारी फलफुल दुग्ध पदार्थ माशु पशल र निर्माण साम्रगी बिक्रि गर्ने पशलहरु बिहान ६ बजेदखी १० बजे सम्म र दिउसो ४ बजेदेखि ६ बजे सम्म संचालन गर्न पाउने निणर्य गरिएको भण्डारीले बताएका छन ।
खाद्य साम्रगी, तथा पशुपन्छीको दाना, तरकारी, फलफुल, दुग्ध पदार्थ माछा मासु पशल निर्माण साम्रगी बिक्री गर्ने पशल बाहेक होटल रेष्टुरेन्ट लगायत अन्य सबै प्रकारका पशलहरु बन्द गर्ने निणर्य भएको प्रहरी नायव उपरिक्षक मदनजीत महराले बताएका छन । उद्योग र सार्बजनिक निर्माणमा कार्यमा कार्यरत कर्मचारी तथा श्रमिकहरुलाई उद्योग परिसर वा निर्माण स्थल भित्रे खान बस्नको ब्यबस्थापन गनुपर्ने रहेको छ । मास्क लगायतका स्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाउनु पर्ने रहेको छ ।
स्वास्थ्य सुरक्षा, संचार, बिद्युत, खानेपानी, औषधी तथा औषधीजन्य उत्पादन तथा बितरण लगायत अत्यआबस्यक सेवा तथा कार्य गर्ने बाहेकका अन्य सरकारी तथा गैरसरकारी कार्यालयहरुबाट प्रदान गरिने सेवाहरु बन्द गर्ने प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले वताएका छन् । बैक तथा बित्तिय संस्थाहरुले न्युनतम कर्मचारीहरु मात्र राखी निश्चित समय तोकेर सेवा प्रबाह गर्नुपर्ने, औषधी तथा स्वास्थ्य साम्रगी पशलहरु २४ सै घण्टा खुला रहने प्रमुख जिल्ला अधिकारीले बताएका छन ।
त्यसै गरी संचारकर्मिहरुका हकमा आधिकारीक निकायबाट जारी प्रेश पास वा परिचय पत्रको आधारमा आवत जावत गर्न पाईने निणर्य गरिएको कोबिट १९ संकट ब्यबस्थापन समितिले जनाएको छ । हिमाली गाउँपालिकाले यो भन्दा पहिला नै निषेधज्ञा जारि गरिसकेको थियो ।

No photo description available.

चर्चामा

सम्बन्धित समाचार