बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • समाज
  • सांसद ज्यु : पिसिआर मेसिन ब्यबस्थापनमा पहल नगरेकै हो त ?

सांसद ज्यु : पिसिआर मेसिन ब्यबस्थापनमा पहल नगरेकै हो त ?

  • बिहिबार, बैशाख १६, २०७८
सांसद ज्यु : पिसिआर मेसिन ब्यबस्थापनमा पहल नगरेकै हो त ?

बाजुरा–कोरोना भाइरस फैलिदै गएपनि बाजुरामा पिसिआर जाँच नहुँदा समस्या भएको छ । पिसिआर मेसिनको ब्यबस्थापनका लागि पनि कतै पहल कदमि नभएको पाईएको छ । अहिले शुदुरपश्चिम धेरै जिल्लामा पिसिआर जाँच गर्ने मेसिशनको ब्यबस्थापन भइसकेको छ ।
बाजुरा भौगोलिक हिसाबले निकै टाढा भएपनि बाजुरामा पिसिआर ल्याब ब्यबस्थापनका लागि पहल कदमी नभएको जनगुनासो रहेको छ । बाजुरा बाट प्रतिनिधि सभामा सांसद लाल बहादुर थापा, प्रदेश सभामा प्रकाश शाह र बल्देब रेग्मि छन् । तर तिनै जना सांसदले पहल कदमि गर्न नसक्दा पनि बाजुरामा पिसिआर जाँच मेसिन गर्न नसकेको तथ्यले वताएको छ ।
हुनत जिल्लामा स्थानिय, प्रदेश तथा संघ बाट कुनै विकास निर्माणका लागि योजना आयो भने यो फलानो नेता, फलानो सांसद, फलानो मन्त्रिले गरेको भनेर प्रचार गर्नमा हामि बिचमा कमि छैन् । तर पिसिआर मेसिन ब्यबस्थापनका लागि पहल कदमी नभएको पाईएको छ ।
सांसद लाल बहादुर थापाले बाजुराको बिकास निर्माणमा ठुलो भुमिका रहेको र बिभिन्न योजना तथा परियोजना ल्याउन ठुलो भुमिका रहेको उनका समर्थन बताइरहन्छन् । सांसद थापा भन्छन्, केन्द्रिय तहमा पहल त भइरहेको छ, तर प्राबिधिक ब्यबस्थापन गर्न समस्या हुने वताएका छन् ।
शुदुरपश्चिम प्रदेश सरकारको मुख्य भुमिकामा बाजुरा प्रदेश ख बाट निर्वाचित सांसद प्रकाश शाह मन्त्रि समेत छन् । उनले बाजुराको विकासका लागि साना देखी ठुला आयोजना निर्माण भुमिका रहेको उनका समर्थकले वताउँदै आएपनि पिसिआर ब्यबस्थापनका लागि कतै पहल कदमि नभएको पाईएको छ ।
प्रदेश क बाट निर्वाचित प्रदेश सांसद बल्देब रेग्मि पिसिआर मेसिन खरिद तथा ब्यबस्थापनमा त्यहि भुमिका नभएको पाईएको छ । रेग्मिले बडिमालिका खबर सँग भने पिसिआरका लागि प्रदेश स्तरीय बैठकमा कुरा भएको सबै सकारात्मक भएको वताए । उनले भने धेरै ठाँउमा पिसिआर मेशिन खरिद भएका ठाउँमा जनशक्ति अभाबले मेशिन बन्द भएको अबस्था छ, मेसिन खरिद भन्दा पनि ब्यबस्थापन गर्न समस्या भएको उनले वताए ।
जनशक्ति अभाब हुन सक्ने बाहाना भएको मात्र नागरिक समाजका अगुवाको गुनासो रहेको छ । सबै भन्दा पहल कदमि नभएको बाजुराबासीको गुनासो रहेको छ । एन्टिजेन चेक गरेर पोजेटिभ भएका बिरामीले फलोअप पिसिआर अनिवार्य गर्नुपर्ने रहेको छ । जिल्लामा कोरोना जाँच नहुँदा अछामको कमलबजार डोटि, धनगढी स्वाब लिएर जानुपर्ने बाध्यता रहेको छ ।
जिल्ला अहिले केही किट उपलब्ध भएर एन्टीजेन मार्फत कोरोना जाँच गरीरहेको भएपनि त्यो पनि प्रयाप्त नभएको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । जिल्लामा अहिले एन्टीजेन किट ३ सय रहेको स्वास्थ्य कार्यलय बाजुराका निमित्त प्रमुख महेश चन्दले वताएका छन् । अहिले कोरोनाको जाँच त्यसैले गरिरहेको कार्यलयले जनाएको छ । जिल्ला अस्पताल बाजुराले एन्टीजेन किट मार्फत जाँच गर्दा ३ दिन यताँ ७ जना कोरोना पोजेटिभ देखाएको छ ।
पहिलो चरणमा एन्टीजेन बाट जाँच गर्दा पोजेटिभ देखिएमा फलोअपमा जाँच पिसआर गर्नुपर्ने हुन्छ, तर जिल्लामा पिसिआर जाँच गर्ने मेसिन नहुँदा स्वाब संकलन गरेर जिल्ला बाहिर पठाउनु परेको बाजुरा अस्पतालले जनाएको छ । जिल्ला बाहिर पठाउदा निकै समस्या र आर्थिक भार पनि बढि हुने अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष भरत थापाले वताए ।
केही दिन पहिला कोरोना परिक्षण जिल्लामै गर्न पीसिआर मेसिन खरिदको लागि जिल्लाका ९ ओटै स्थानीय पालिकाहरुसंग समन्वय गर्न जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र कुमार रोकायालाई जिम्मा दिएको थियो । त्यसको कुनै प्रक्रिया अगाडि नबढेको पाईएको छ । कुनै पनि स्थानिय तह प्रदेश र संघ सरकार सँग समन्वय नभएको पाईएको छ ।
प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले भने कोभिड १९ चेक जाँचको लागि अन्यन्त्र जिल्लाहरुमा जानु पर्ने र रिर्पोट आउन समेत ढिलो हुने भएकाले जिल्लामा मेसिन खरिदका लागि पहल गर्न बैठक रोखेर समन्वय त गरेको हो । तर कुनै पहल भने हुन नसकेको अधिकारीले वताए । स्वाबलाई जिल्ला बाहिर लिएर परिक्षण गर्दा पनि पालिकाहरुको खर्च अत्याधिक खर्च हुने गरेको छ । सो खर्च बाफतको रकम सबै पालिकाहरु मिलेर पीसिआर मेसिन खरिद गर्दा सजिल्लो हुने जिल्ला बिपत ब्यबस्थापन बैठकले निष्र्कष निकालेको थियो ।
बुढिगंगा नगरपालिकाले गत बर्ष नै पिसिआर मेसिन खरिदका लागि २० लाख बिनियोजन गरेको थियो । अन्य स्थानिय तहले बजेट बिनियोजन नगर्दा त्यो बेला पिसिआर खरिद गर्न नसकेको थियो । बाजुरामा पनि कोरोनाका उच्च जोखिम बढेसँगै जिल्ला प्रशासन कार्यलय बाजुराले अर्को सुचना जारी नहुँदा सम्म बुधवार बाट बिद्यालय बन्द गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार