शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • शिक्षा
  • बुधवार देखी बाजुराका बिद्यालय अर्को सुचना जारि नभए सम्मका लागि बन्द

बुधवार देखी बाजुराका बिद्यालय अर्को सुचना जारि नभए सम्मका लागि बन्द

  • मङ्लबार, बैशाख १४, २०७८
बुधवार देखी बाजुराका बिद्यालय अर्को सुचना जारि नभए सम्मका लागि बन्द

बाजुरा–कोभिड १९ को मध्यनजर गर्दै बाजुरामा बुधवार देखि अर्को सुचना जारी नभएसम्म बिद्यालय बन्द गर्ने निणर्य भएको छ । मंगलबार बसेको जिल्ला स्तरीय कोभिड संकट ब्यबस्थापन केन्द्रको बैठकले अर्को सुचना जारी नभए सम्मका लागि बिद्यालय बन्द गर्ने निणर्य गरेको साहयक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले वताएका छन् ।
भौतिक उपस्थित हुने गरि पठनपाठन, कोचिङ्ग सेन्टर, परिक्षा कुनै पनि सञ्चालन नगर्ने निणर्य गरेको छ । बाजुरा जिल्लामा पछिल्लो समयमा ५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । भारत बाट बाजुरा आउनेको संख्या बढेसँगै बाजुरामा पनि कोरोनाको उच्च जोखिममा रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार