मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • विचित्र संसार
  • दाइलाई चाहिएको थियो पाँचौँ बच्चा, बहिनीले दिइन् कोख

दाइलाई चाहिएको थियो पाँचौँ बच्चा, बहिनीले दिइन् कोख

  • मङ्लबार, बैशाख १४, २०७८
दाइलाई चाहिएको थियो पाँचौँ बच्चा, बहिनीले दिइन् कोख

सहोदर बहिनीले आफ्नै दाइको बच्चा जन्माइदिने भन्ने कुरा हाम्रो समाजमा कल्पना पनि गर्न सकिँदैन । तर अमेरिकामा हालै एउटा यस्तै घटना भएको छ । अमेरिकाको वाशिंटनमा एकजना युवतीले आफ्नै दाइको बच्चा जन्माइदिएकी छिन् । आफ्ना दाइको पाँचौं बच्चाको इच्छा पूरा गरिदिन ती युवतीले भाडाको आमा बनेर अर्थात् सरोगेसीको माध्यमबाट बच्चा जन्माइदिएकी हुन् ।

डेलीमेलको खबर अनुसार ती पुरुषका पहिले नै ४ वटा बच्चा थिए । तर उनलाई थप एक बच्चा जन्माउने इच्छा थियो । पाँचौं बच्चा जन्मिएपछि मात्र आफ्नो परिवार पूर्ण हुन्छ भन्ने उनको मान्यता थियो । तर स्वास्थ्य समस्याका कारण उनकी पत्नीले पाँचौं बच्चा जन्माउन सक्ने अवस्था थिएन ।

आफ्ना दाइ–भाउजूको त्यो अवस्था देखेर २७ वर्षीया बहिनीको मन पग्लियो । हिल्दे पेरिंगरे नामक ती युवतीले दाइका लागि आफ्नै गर्भमा बच्चा हुर्काएर जन्माइदिने निधो गरिन् । त्यसपछि सरोगेसीको माध्यमबाट दाइको गर्भ बोकेर दाइको पाँचौं सन्तान जन्माइदिइन् । गत जनवरी महिनामा उनले आफ्ना ३५ वर्षीय दाजु इभान शेली र उनकी ३३ वर्षीया पत्नी केल्सेका लागि बच्चा जन्माइदिएकी हुन् । त्यसक्रममा लागेको पूरै खर्च चाहिँ दाजु इभान शेलीले नै गरे ।

अझ अनौठो त के भने दाजुको गर्भ बोकेर बच्चा जन्माइदिने ती बहिनी पहिले नै विवाहित हुन् । उनका आफ्नै ३ वटा सन्तान जन्मिसकेका छन् । त्यति हुँदाहुँदै पनि उनले दाइका लागि सरोगेसीबाट बच्चा जन्माइदिने फैसला गरेकी थिइन् । त्यसमा उनका पतिले पनि समर्थन जनाए ।

-एजेन्सीको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार