शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • प्रजातन्त्र,लोग तन्त्र र गणतन्त्रको बारे

प्रजातन्त्र,लोग तन्त्र र गणतन्त्रको बारे

  • आइतवार, बैशाख १२, २०७८
प्रजातन्त्र,लोग तन्त्र र गणतन्त्रको बारे

हाम्रो देशमा-प्रजातन्त्र,लोकतन्त्र,र गणतन्त्रमा के-के फरकछ?भनेर कसैले सोधे पछि यही फरकछ भन्न सजिलो हुँन्छ। प्रजातन्त्र राजा भयको देशमा प्रजाहरु स्वतन्त्र हुँनुलाई भनिन्छ,लोक तन्त्र गैर राजतन्त्रमा बहुदलिय ब्यबस्था भित्रका नागरिकहरु स्वतन्त्र भयको हुँन्छन।
अनि गणतन्त्रको परिभाषा लाई बुझ्दा,अहिले कागजमा जेसुकै लेखेपनि देशमा गणतन्त्र त नाम मात्रै देखिन्छ।जति सुकै नयाँ नेपाल भनेर चिनाए पनि ब्यबस्थामा मौलिक परिवर्तन भयकोछैन।प्रथम जन आन्दोलनले राणाहरु लाई ढाल्यो,त्यसलाई राजाले फाईदा उठाएर निरंकुश ब्यबस्था लाधे।दोस्रो पल्टको ऐतिहाशिक पाचाश दिनको जन आन्दलन फाल्गुन सात देखि चैत्र२६ सम्म२०४६ सालले राज तन्त्रलाई ढाल्यो तर राजा बिरेन्दरले नेपाली काँग्रेस, र तत्कालिन वाममोर्चा का नेताहरुलाई आफु तिर खिचेर २०४६चैत्र२६गते सम्झौतामा टुङ्गो लगाए।त्यो आन्दोलनलाई जनता सँग बैमानी गरेर राज सँग सम्झौतामा गरे।उनिहरुले पहिलेको २००८सालमा स्वायम राजा त्रिभुबनले भनेको देशको सम्बिधान जनताले तजुर्मा गरेनुसारको हुँने कुरा पनि अहिले उपक्षा गरे।एउटा नेकपा (मसाल)बाहेका अरु कुनैपनि दलले नमानेपछि राजाले बनाएको सम्बिधान लाई शुधार्न एउटा सम्बिधान सुधार आयोगको गठन भयो।त्यसले सिमित प्रजातन्त्र लाई पुर्नबहाल गय्रो।लोक तन्त्र,प्रजातन्त्र,भनेको साशनको एउटा ब्यबस्थानै हो।वास्तबमा यो ब्यबस्था दुई प्रकारको हुँन्छ।प्रत्यक्षा प्रजातन्त्रमा साशनको दाईत्व सिदा रुपमा साशित जनताले निर्भा गर्दछन भने प्रतिनिधी मुलक लोकतन्त्र साशनको दायित्व जनता द्वौरा निर्वाचित प्रतिनिधित्व मुलक लोक तन्त्रमा साशनको दायित्व जनता द्वौरा निर्वाचित हुँने गर्दछ।प्राय सानो जन संख्या भयको देशमा प्रत्यक्षा र ठुलो जनसंख्या भयको देशमा प्रतिनिधि मुलक लोक तन्त्र बढि प्रभाबकारी हुन्छ।राजनीतिक शिधान्तमा लोकतन्त्रले एउटा निश्चित प्रकारको शासन र साशक सम्बिधीत राजनीतिक बिचारलाई जनाउँछ।वास्तबिक अर्थमा यो पुँजिवादी प्रकारको राजनीति लाई हामिले जुनसुकै नामदिए पनि जस्को लाठि उँसैको भैँशी भनेको जस्तै हो।धन हुँने हमेशा देखि स्वतन्त्रनै थिए र छन पनि जो सँग धनछैन अहिलेपनि उनको अधिकार कुण्ठितछ।
पुँजिवादीहरुले भने जस्तै समाजवाद लाई बद्नाम गर्न आफुले आफ्नो साशन ब्यबस्थालाई समाजवादी ब्यबस्था भन्छन र जेपनि गर्छन।त्यसो भयपछि जनताले समाजबादी ब्यस्था पनि त उस्तै रहेछ भनेर बुझ्छन।यसरी समाजवादीहरु लाई कम्जोर बनाउँन उनिहरु सफल हुन्छन।
नेपालको ईतिहाशमा २००७साल मा १०४बर्षिय जाहानिय राणा साशन फालेपछि प्रजातन्त्र दिवश मनाउँन थालियो।तर त्यो ब्यबस्था राजाले आफ्नो हाथमा लगेर तानासाही ब्यबस्था सञ्चालन गर्दै गए।
२०६२/६३को महान १९दिने ऐतिहाशिक जन आन्दोलन बाट राजालाई घुडा टेकाए पछि बैसाखको ११गते लोकतन्त्र दिवश मनाउँन थालियो।अनि२०६५मा देशलाई गणतान्त्रिक नेपाल भन्ने निर्णय बमोजिम जेष्ठको१५गते गण तन्त्र दिवश भनेर मनाउँन थालियो।
यसरी बर्षमा हामिले प्रजातन्त्र दिबश भनेर २००७सालपछि मनाउँदै आएकाछौँ जस्ले अत्यान्तै लामु १०४बर्षको कठोर दमन र अन्याय अत्याचारको बिरुद्धको लडाईमा बिजय भयपछि त्यो दिन लाई मनाउँदै आयौ।
अनि त्यो जनताको अधिकारलाई राजाले खोसेर देशमा निरंकुश साशन लाध्यो त्यो राजतन्त्रको बिरुद्धमा २०४६सालको महान र ऐतिहाशिक जन आन्दोलन भयो र बहुदलको घोषणा भयपछि देश भित्र बहुदलिय प्रजातन्त्र आयो।त्यो बहुदलिय प्रजातन्त्र पनि राजाले खोसेपछि देशमा ऐतिहाशिक १९दिने जन आन्दोलनले लोक तन्त्र ल्यायो त्यही लोक तन्त्रलाई हामिले सबै देशबाशीहरुले बैसाकको ११गते मनाउँदै आएकाछौँ।अहिले १५वाँ लोकतन्त्र दिवश ११बसैकलाई मनाउदैछौँ।
यस्तै पर्कारले देशमा सम्बैधानिक रुपमा जनताले पहिलो पटक ल्यायको गणतान्त्रिक देन जेष्ठको १५गते मनाउँने छौँ।
तर हामिले आफ्नो छातिमा हात राखेर सहि भन्नु पर्दा अहिलेपनि जनाआधिकार प्राप्त हुँन सकेको छैन मात्र नामको गणतन्त्र,जन तन्त्रलाई मनाउँदै आएकाछौँ।देशलाई झनपछि झन तरल अबस्थामा ढेकलेर कस्तो खुसि मनाउँने?अहिले त्यही सवाल हाम्रो अगाडी ठिङ्ग उभिएकोछ।
देश भित्र गणतान्त्रिक ब्यबस्था त आयो सँग सँगै संघियता पनि आयो। त्यो वास्तबिकरुपमा गणतान्त्रिक ब्यबस्थालाई असफल पार्न र देशलाई हरी कंगाल पार्न ल्राईएको ब्यबस्था थियो।देशमा धर्म निर्पक्षियता छ,सामतामुलक समाजवादी अनमुख भनेर पनि उल्लेख गरिएकोछ।तर ब्यबहारमा साम्राज्यावादको पिच्छ लग्गु बनाईयो।यो चालाले देशलाई कहाँ पुराउँला सहजै अनुमान लाउँन सकिन्छ।देशमा संघियता ले आर्थिक संकट ल्याएकोछ।जस्ले गर्दा बिदेशीहरु सँग हात पसारेर आर्थिक मद्तका लागि अनुनय बिनय गर्नुपरेको हो।एम सीसी पनि यहि ब्याबस्थालाई टेकासो थापेको हुँन सक्छ।देशलाई कंगाल बनाउँने र साम्राज्यावादको आखडा बनाउँन थालेकाछन।
हामिले प्रजातन्त्र भनेपनि लोकतन्त्र भनेपनि अहिले गणतन्त्र भनेपनि यिनि ब्यस्थाहरुमा तार्किक अन्तरभने केहीछैन।जबसम्म आमुल परिवर्तन गरीदैन तबसम्म जनताको हकमा वास्तबिक गणतन्त्र आउँन सक्दैन।

चर्चामा

सम्बन्धित समाचार