शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • धर्म कर्म पनि समाजलाई ठग्ने हथियार पएपछि,

धर्म कर्म पनि समाजलाई ठग्ने हथियार पएपछि,

  • शनिबार, बैशाख ११, २०७८
धर्म कर्म पनि समाजलाई ठग्ने हथियार पएपछि,

धर्म कर्म पनि समाजलाई ठग्ने हथियार पएपछि,
संसारमा गरिब श्रमजीवी मारा सरकार भएपछि।

भत्तकाउँनै पर्छ यो झुठ र पाखण्डी प्रखाल लाई,
मज्दुरहरुको रगत पसिना मा कारोबार भएपछि।

हुँदैन त्यो देशमा कहिलै क्रान्ति सफल फर्कि हेरौँ,
कम्युनिष्ट आन्दोलनको नेतृतव नै गद्धार भएपछि।

हो फौलादलाई कुटेपछि हथियार बन्दछ धारीलो,
छिन्छ गर्धन दुष्टका मालेमा को औजार भएपछि।

हाम्रो देशमा पनि अभ्यास हुँदै आएकोछ धेरैपल्ट,
कसैले रोक्न सक्नेछैन नेतृत्वमा निखार भएपछि।

आउन संकलप गरौँ बर्गिय मित्रहरु जुटेर नछुट्टिने,
हामि सबैको एउटै घर अनि एउटै संघार भएपछि।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार