शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • अन्तर्राष्ट्रिय पुस्तक दिवस आज “गजल”

अन्तर्राष्ट्रिय पुस्तक दिवस आज “गजल”

  • शुक्रबार, बैशाख १०, २०७८
अन्तर्राष्ट्रिय पुस्तक दिवस आज “गजल”

हुर्किदैछु भर्खर भर्खर जवानी बन्न दे ।
नचाहिने कुरा सबै अब खरानी बन्न दे ।।

बस्छु एकान्त आनन्दले हल्ला नगर कोही
यति छिट्टै नलखार बरु बुद्धिमानी बन्न दे ।।

पत्याउँन्नन् कोही पनि म गाउँले भएर हो,
बबुरो छु अबोध छु पढेर ज्ञानी बन्न दे ।।

निर्धो भएरै मायामा असफल भएको हुँ,
पर्ख केही दिन मलाई धनीधानी बन्न दे ।।

अन्तर्राष्ट्रिय पुस्तक दिवसको सम्पुर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु । जय साहित्य !

चर्चामा

सम्बन्धित समाचार