शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • डोटीमा जेसीबीले फालेको ढुंगा लागेर एक जनाको मृत्यु, कैलालीका चालक पक्राउ

डोटीमा जेसीबीले फालेको ढुंगा लागेर एक जनाको मृत्यु, कैलालीका चालक पक्राउ

  • शुक्रबार, बैशाख १०, २०७८
डोटीमा जेसीबीले फालेको ढुंगा लागेर एक जनाको मृत्यु, कैलालीका चालक पक्राउ

डोटी– डोटीमा जेसीबीले फालेको ढुंगा लागेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको सायल गाउँपालिका–६ रौखोलाका ४५ वर्षीय नरी साउँदको ढुंगा लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले बताएको छ।

दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ र २ को सिमानामा पर्ने दिपायल खुल्लेख सडकखण्डको रौखोलामा सडक फिलिङ गरिरहेको जेसीबीले फालेको ढुंगा लागेर शुक्रबार बिहान साउँदको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लले बताए।

घटनापश्चात सडक फिलिङ गरिरहेको बिएस कन्ट्रक्सनको जेसीबी र जेसीबी चालक कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियाका २३ वर्षीय शेर जोरालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक मल्लले बताए।

चर्चामा

सम्बन्धित समाचार