शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • टिप्पर र मोटरसाइकल ठोक्किँदा धनगढीका एक जनाको मृत्यु

टिप्पर र मोटरसाइकल ठोक्किँदा धनगढीका एक जनाको मृत्यु

  • बिहिबार, बैशाख ९, २०७८
टिप्पर र मोटरसाइकल ठोक्किँदा धनगढीका एक जनाको मृत्यु

टिप्पर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

भक्तपुरको गठ्ठाघरमा बुधवार राति सवा ९ बजे बा ३ ख ४४६५ नम्बरको टिपर र विपरीत दिशाबाट आइरहेको रा २ प ४४३७ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलको पछाडि बस्ने कैलालीको धनगढीका ४३ वर्षीय पद्मराज पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ।

पाठकको उपचारका क्रममा बुधवार राति मध्यपुर अस्पताल थिमिमा मृत्यु प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक दाङका २५ वर्षीय उमेश चौधरी घाइते भएका छन्।

उनको बाँसबारीमा रहेको न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ।

चर्चामा

सम्बन्धित समाचार