शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • काम्रेड भनेको केहो?

काम्रेड भनेको केहो?

  • बुधबार, बैशाख ८, २०७८
काम्रेड भनेको केहो?

सुरेशकुमार पान्डे– हिँजो आज कुरा गर्दा जस्लाई पनि हैलो काम्रेड!भन्ने चलन भए पनि करिब एक दशक पहिलेको भन्दा अहिले बिस्तारै फिका हुँदै गएकोछ।केहि बर्ष पहिले काम्रेड भन्दा गर्व महेशुर्ष हुँन्थ्यो भने आज कसैले काम्रेड भन्यो भनि त्यो गालि जस्तो महेशुर्ष हुन्छ।किन होला? सम्बोधन गर्ने र स्विकार गर्ने दुबै काम्रेड न भएर पनि हो की?शंक्षिप्तमा भन्नु पर्दा काम्रेडको परिभाशा सरल छ एकजनाले आफ्ना
साथी,पासा, दोश्त ,मित्र आदिलाई काम्रेड भनेर सम्बोधन गर्छन।यो मित्रता हो जोशिलो एउटै बर्गको बिचको एकता
कति सरल र सटिक भाशाहो काम्रेड तर यो जस्ले अर्थको अनार्थ लगाउँछ उस्ले ब्याङ्ग्यात्मक रुपमा पस्किन्छ भने त्यो कत्ति स्वाउँदैन।बिस.२०२८साल तिर होकि जस्तो लाग्छ कसैलाई रिश उठ्यो भने गालिमा”तेरो घरमा कम्युनिष्ट पसुश”पनि भनेको सुनियो।कम्युनिष्टलाई बद्नाम गर्न त्यो बेला कम्युनिष्टले साठि बर्ष पछि मार्दिन्छ भनेर पनि बद्नाम गरे।कसैको खोरबाट बाख्रा निकालेर लग्ने अनि त्यँहा लाल शलाम लेखेर राख्ने पनि गरे।कम्युनिष्ट लाई बद्नाम गर्न प्रतिकृयावादीहरुले सदियौँ देखि नयाँ नया शड्यन्त्र रच्दै आए।
कम्युनिष्टको कबचमा लुकेका अवसर बादीहरुले कहिले दक्षिण कहिले मध्यम र उग्र धार बाट कम्युनिष्टलाई प्रहार गर्दै आए।यो काम मार्क्सवादको उदय सँग सँगै उदायो।मार्क्सको उपस्थितिमै जर्मन र फ्राशमा मार्क्सवादी शिधान्त माथि हमला भयो।जर्मनको असफल क्रान्ति र पेरिसको संसारलाई हल्लाउँने घटना बाट क.लेनिनले शिक्षा लिएरनै रुसमा अक्टुवर क्रान्ति सम्पन्न गरे।काम्रेड लेनिनले नया खोज होईन गरेको उन्ले मार्क्सवादलाई ब्याबहारिकता प्रदान गरेका हुँन।
बर्गशंघर्ष लाई सर्व प्रथम का.लेनिनलेनै लागु गरे।जब रुसमा महान अक्टुवर क्रान्ती सम्पन्न भयो संसार भरीका प्रतिकृयावादीहरु त्यो रुसको समाजवादी ब्यबस्थालाई पल्टाउँन ठुलो प्रयात्न गरे।
उनिहरुलाई लागेको थियो पेरिस कम्युनको जस्तै रुसको ब्यबस्थालाई पनि तहस नहश पार्न सकिन्छ।तर त्यो उनिहरुको गलत सोँच थियो त्यो बिचारधाराको बिरुद्धमा स्टालिन पनि चट्टान बनेर उभिए।उनलाई बिभिन्न आरोपहरु लगाए बद्नाम गर्ने शड्यन्त्र सबै फेल भयपछि ख्रुचेव जस्ताको सहारा लिएर “गल्स्नोत्स र प्रेस्त्रोईका जस्तो घुमाउँरो पाराले पुँजिवादको पुर्ननिर्माण गरे।संसारको ईतिहाश हेर्दा हामिले के देख्छौँ भने कम्युनिष्टलाई आमने साम्ने बाट कसैले पनि जीतेकाछैनन्।उनिहरुले कम्युनिष्टलाई खतम गर्न स्वायम कम्युनिष्टहरु लाईनै प्रयोग गरेकाछन।रुस,चीन,लगायत जुन जुन देशमा कम्युनिष्टको सरकार आएकोछ त्यो देशमा वा जुन देशमा कम्युनिष्ट आन्दोलन राम्रो छ त्यो ठाउँमा कम्युनिष्टलाई बद्नाम गरेर,कम्युनिष्टको बिरुद्धमा कम्युनिष्टहरुलाई उपयोग गरेर नै पुँजिवादी ब्यबस्थालाई डोराउँन सफल भयकाछन।
जब कम्युनिष्ट नभयकाहरुले आफुलाई कम्युनिष्ट भन्नथाले त्यो बेला देखि काम्रेड शब्द गालि जस्तो लाग्न थाल्यो।कम्युनिष्टको झण्डा,बोकेर कम्युनिष्ट बिरोधी बिचार र ब्यबहार जनताको माझमा लैजाँदा त्यसको परिणाम कस्तो हुन्छ?त्यो मुख्य प्रश्न हो।आज नेपालमा भयका आफुलाई कम्युनिष्टको खोलमा लुकाउँन सफल भएका धेरैजसो कथित कम्युनिष्टले काम्रेडको शब्द प्रयोग गर्दा कम्युनिष्ट पार्टीको उपहाश भयको महेशुर्ष हुन्छ।उनिहरुमा राजनीति को दरिद्रता भएकोछ।इमानको अनिकाल भएकोछ।कुनै को बारीमा गाई पसेर फसल खाएको देखेरपनि आफ्नो पार्टी नभयकोले त्यो बारीबाट गाई भगाई दिन्नन।
उनिहरुले अनाजको उपक्षा गरे जानि नजानि नोक्सान गरे।राजनीति गर्ने एउटा बुजुर्वा सब्याता समेत नभयका कम्युनिष्ट भनौदाले गर्दा आज कम्युनिष्ट आन्दोलनलाई ठुला घात भयकोछ।
एकातिर ब्याक्तिको पुजा गरेर बद्नाम गरेकाछन।कम्युनिष्टका कार्याक्रता बनेन उनिहरु आफ्ना नेताका बफादार बनेर उनिहरुको ईसारामा तरवार चलाउँछन।शिध्धान्त बिनाका झोलेहरुको भिड जुटाएर राज गर्न खोज्ने कम्युनिष्ट होईनन् भन्ने कुरा जब सम्म बुझ्दैनन् तब सम्म देशमा अशलि कम्युनिष्टको बिउ बच्ने छैन।एक दिन यस्ता कार्या क्रताहरुले मार्क्स,ऐगेल्श,लेनिन,स्टालीन र माओ जस्ता दार्शनिक हरुलाई आफ्ना गुरुहरुको बरा बरमा राखेर पुजा गर्नेछन।उनिहरु कम्युनिष्ट होईनन् आफ्ना नेताको दाश हुँन।
अहिले का.लेनिनको जनम जैन्तिको शन्द्रभमा उनिहरुले औपचारिक्ता पुरा गर्न धुनधान क्रान्तिकारी भाशन गर्नेछन।उनिहरुको उदेश्य पानी धमुलेर माछा मार्ने हो।समयमै जनता सचेत भयर यस्ता कथित काम्रेडहरु सँग सचेत हुँनै पर्छ।

चर्चामा

सम्बन्धित समाचार