शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सुदूरपश्चिममा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि

  • बुधबार, बैशाख ८, २०७८
सुदूरपश्चिममा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी — मंगलबार सुदूरपश्चिमका थप ६७ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ। प्रदेशका विभिन्न प्रयोगशालामा १९३ नमूना परीक्षण गर्दा ६७ जनामा संक्रमण पुस्टि भएको हो।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा १४८ जना, महाकाली अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २३ जना, डडेल्धुरा अस्पतालमा ६ जना र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा १६ जनामा संक्रमण पुस्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए ।

योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ४ सय ४७ पुगेको छ। जसमध्ये १४ हजार ६६ जना निको भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार