शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • निर्वासनमा रहेका सिरियाली विपक्षी नेताको पेरिसमा मृत्यु

निर्वासनमा रहेका सिरियाली विपक्षी नेताको पेरिसमा मृत्यु

  • मङ्लबार, बैशाख ७, २०७८
निर्वासनमा रहेका सिरियाली विपक्षी नेताको पेरिसमा मृत्यु

सिरियाको प्रजातन्त्रका लागि सङ्घर्षरत बौद्धिक विपक्षी नेता मिशेल किलोको सोमबार पेरिसमा कोभिड–१९ का कारण मृत्यु भएको छ ।

निर्वासित विपक्षी नेता किलोले सिरियाको सत्तारूढ बाथ पार्टीको शासन शैलीबिरूद्ध लामो समयदेखि संघर्ष गर्दै आएका थिए ।

एक दशक पहिले सिरियाली राष्ट्रपति बसर अल असदको शासन शैलीविरूद्ध विश्वसनीय अहिंसक विकल्पको खोजीको लागि महत्वपूर्ण खेलाडी मानिने उनी ८१ वर्षका थिए ।

सिरियाली राष्ट्रपति अल असदको आलोचक तथा विपक्षी आन्दोलनका वरिष्ठ नेता नस्र हरिरीले सोमबार एक विज्ञप्ति जारी गर्दै लेखेका छन्, “किलोले सोमबार हामीबाट विदा लिनुभयो । उहाँलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि पेरिसमा उपचार गराउँदै आउनुभएको थियो ।”

विज्ञप्तिमा लेखिएको छ, “मिशेल एक बौद्धिक र देशभक्तहरूको नेता हुनुहुन्थ्यो, उहाँको सपना एउटा स्वतन्त्र र प्रजातान्त्रिक सिरिया हेर्ने थियो । भगवानले सिरियाली जनताको यो सपना पूरा गर्न सहयोग गर्नेछन् ।”

लेखकसमेत रहेका किलोको जन्म १९४० मा सिरियाली भूमध्यसागरीय क्षेत्रमा रहेको सहर लाटाकियामा एउटा इसाई परिवारमा भएको थियो, जुन असद परिवारको अलावाइट अल्पसंख्यकको गढ हो । किलोले सिरियामा बाथ पार्टी सत्तामा आए देखि सन् १९६३ देखि बाथ पार्टीको आलोचकका रूपमा आफुलाई उभ्याएका थिए ।

चर्चामा

सम्बन्धित समाचार