शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई सहयोग

जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई सहयोग

  • सोमवार, बैशाख ६, २०७८
जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई सहयोग

धनगढी–जन्मदिनको अवसर पारेर विभिन्न व्यक्तिले धनगढीको मानव सेवा आश्रमलाई सहयोग गरेका छन्।

आइतबार डोटीको मुडभरा घर भई हाल अमेरिकाको मेडिसन सिटीमा बस्दै आएकी सबिना ढुंगानाले आफ्ना जन्मदिनको अवसरमा सहयोग गरेकी हुन।

उनले आश्रमलाई ७ हजार सहयोग गरेकी हुन। यस्तै धनगढी उपमहानगरपालिका–८ बुद्घचोक निवासी फोनीराम चौधरीले पनि आश्रमलाई जन्मदिनको अवसरमा सहयोग गरेका छन्।

उनले आश्रममा रहेका बेसाहराको खानाका लागि ५ हजार २ सय बराबरको फलफूल र ६५ थान कट्टु सहयोग गरेको मानव सेवा आश्रमले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार